दशैंका लागि असोज ५ गतेदेखि बसको अग्रिम टिकट खुल्ने, सवारी भाडा नबढ्ने

बिजमाण्डू
२०७६ भदौ २६ गते १६:३९ | Sep 12, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं।दशैंका लागि असोज ५ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।बिहीबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी, ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला निकायको बैठकले असोज ५ गतेबाट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार असोज ५ गतेदेखि औपचारिक  बुकिङ खोल्ने निर्णय गरिएको हो।पूरानै भाडादरमा टिकट बुकिङ खुल्ला गर्न लागिएको हो।

व्यवसायीले दबाब दिएपनि विभागले चाडपर्वमा भाडा बढाउन नसक्ने जवाफ दिएको थियो। गतबर्ष १० प्रतिशत भाडादर बढाएर मात्रै बुकिङ खुल्ला गर्न सहमत भएका थिए । यो बर्ष भने भाडादर नबढ्ने यातायात व्यवस्था विभागले जनाएको छ। दशैं मनाउन उपत्यकाबाट १५ देखि २० लाखको हाराहारी मानिसहरु बाहिरिने गरेका छन् । यो बर्ष २० लाखभन्दा बढी बाहिरिने अनुमान गरिएको छ।