बजाज बाइकको जाजरकोटमा समेत शोरुम, एसेसरिज पनि सहज हुने

बिजमाण्डू
२०७६ भदौ २६ गते १७:०० | Sep 12, 2019
बजाज बाइकको जाजरकोटमा समेत शोरुम, एसेसरिज पनि सहज हुने

Tata
GBIME
Nepal Life

काठमाडौं।हंसराज हुलासचन्द एण्ड कम्पनीले जाजरकोटमा सुविधा सम्पन्न नयाँ शोरुम “रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर”को उद्घाटन गरेको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको हो। नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनायो।

कम्पनीका महाप्रवन्धक योगेन गुरुङले भने-'हामी जाजरकोटमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं। हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो।'