सरकारी दुई संस्थानलाई २० हजार टन चिनी ल्याउन स्वीकृति, खरीद प्रकृया अघि बढ्यो

बिजमाण्डू
२०७६ भदौ २६ गते १७:०८ | Sep 12, 2019
सरकारी दुई संस्थानलाई २० हजार टन चिनी ल्याउन स्वीकृति, खरीद प्रकृया अघि बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थ मन्त्रालयले २० हजार टन चिनी ल्याउन स्वीकृति दिएको छ। मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई चिनी खरिदको स्वीकृति दिएको हो।

दुबै निकायलाई १०/१० हजार चिनी ल्याउन मन्त्रालयले स्वीकृति दिएको वाणिज्य मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन्। उनका अनुसार अब दुबै कम्पनीले चिनी खरिदका लागि प्रकृया अघि बढाउनेछन्।

तर व्यवसायीहरुले भने दशैंसम्म पुग्ने मौज्दात चिनी रहेको बताएका छन्। ती निकायले ल्याएको चिनी तिहार र छटमा उपयोग हुने मन्त्रालयले बताएको छ। 

दशैंमा धेरै नाफा नलिन विभागको आग्रह

दशैं नजिकिदैं गर्दा वाणिज्य तथा आपूर्ति विभागले काठमाडौंका व्यवसायीहरुसँग अन्तक्रिया गरेको छ।काठमाडौंका व्यवसायीहरुलाई दशैंको समयमा उपभोक्तालाई मार पर्ने गरी व्यवसाय नगर्न विभागका महानिर्देशक योगेन्द्र गौचनले आग्रह गरे।

विभागले सबै क्षेत्रमा अनुगमन गर्न नसक्ने भएकाले व्यवसायीहरुले उपभोक्ताको हितमा काम गर्न उनले आग्रह गरेका हुन्।  चाडपर्वको समयमा आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्रीहरु दाल, चामल, पिठो, खाने तेल, घिउ, चिनी मासुजन्य वस्तु ताजा तरकारी तथा फलफुल लगायत वस्तुको आपूर्ति सहज बनाउन विभाले आग्रह गरेको छ।दशैं तिहारको समयमा लत्ताकपडा, माछामासु,  दैनिक उपभोग्य सामाग्रीमा विशेष अनुगमन गर्ने विभागको तयारी छ।

नियम विपरित व्यवसाय संञ्चालन गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही हुने उनले बताए।उनका अनुसार  बजार अनुगमनको लागि तीन वटा समिति बन्ने छ। गत वर्षको कात्तिकबाट लागू भएको ऐनमा अनुगमन समिति सम्बन्धि ऐनको परिच्छेद ७ अन्तर्गत दफा २५ देखि दफा ३७ सम्म व्यवस्था गरेको छ।समितिमा केन्द्रीय बजार अनुगमन समिति, स्थानीय बजार अनुगमन समिति र स्थानीय बजार अनुगमन समिति रहने छ।