एभरेष्ट बैंकले ‘म्याग्नेटिक’ कार्ड नचलाउने, असोज २६ बाट चिप प्रविधिमा आधारित कार्ड प्रयोग

बिजमाण्डू
२०७६ भदौ २७ गते १०:५७ | Sep 13, 2019
एभरेष्ट बैंकले ‘म्याग्नेटिक’ कार्ड नचलाउने, असोज २६ बाट चिप प्रविधिमा आधारित कार्ड प्रयोग


Tata
GBIME
Nepal Life

काठमाडौं। कार्डको दूरुपयोग गरेर चिनियाँ ह्याकरले विभिन्न बैंकबाट पैसा लुटेपछि एभरेष्ट बैंक सचेत देखिएको छ। बैंकले अब 'म्याग्नेटिक कार्ड' लाई पुरै बिस्थापित गर्ने भएको छ।

बैंकले सुचना सार्बजनिक गर्दै असोज २६ बाट म्याग्नेटिक प्रविधिमा आधारित कार्ड नचल्ने जनाएको छ। बैंकले अबदेखि चिप प्रविधिमा आधारित कार्ड चलाउने जनाएको छ।

चिप कार्ड प्रयोग गर्नका लागि एसएमएस अलर्ट अनिवार्य गरिएको छ। यसका लागि ग्राहकले वास्तविक मोबाइल नम्बर दर्ता गर्न भनेको छ।

चिनियाँहरुले लुट मच्चाएपछि बैंकहरु सचेत देखिन थालेका हुन्। म्याग्नेटिक कार्ड चलाएकाहरुले बिस्तारै चिपमा जाने जनाएका छन्।