एक साता घटेको सुनचाँदीको भाउ फेरि बढ्यो, सुन एक तोलाको ११ सय बढेर ७१ हजार ३ सयमा कारोबार

बिजमाण्डू
२०७६ भदौ ३० गते १२:४७ | Sep 16, 2019


काठमाडौँ। एक सातादेखि ओरालो लागेको सुनको मूल्य सोमबार पून बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ।

Tata
GBIME
Nepal Life

सोमबार कोलागि प्रति तोला सुनको मूल्य ७१ हजार तीन सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए।अघिल्लो दिन ७० हजार दुई सय रुपैयाँका दरले सुनको किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजार र विनिमय दरमा भएको वृद्धिले सुनको मूल्य बढेको शाक्यको भनाइ छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १५०४ डलर ९० सेन्ट पुगेको छ।

अघिल्लो दिन सुनको मूल्य १४ सय ९८ डलर रहेको थियो। अघिल्लो दिनको तुलनामा ६ डलर ९० सेन्टले सुनको मूल्य बढेको हो। सोही मूल्यको आधारमा सोमबारको मूल्य तय गरिएको महासङ्घले जनाएको छ।

सोमबार अमेरिकी डलरको मूल्य ७५ पैसाले उक्लिएको छ। सोमबार एक अमेरिकी डलरको मूल्य ११४ रुपैयाँ ६५ पैसा रहेको छ। आइतबार ११३ रुपैयाँ ९० पैसा रहेको थियो। विनिमय दरमा आएको परिवर्तनले सुनको मूल्य बढाउन थप टेवा पुर्याएको शाक्यले बताए।

सोमबार सुनसँगै चाँदीको मूल्य समेत बढेको छ। प्रति तोला चाँदीको मूल्य २५ रुपैयाँले बढेर आठ सय ६५ रुपैयाँमा उक्लिएको छ।