सोह्रश्राद्ध लागेपछि महँगियो तरकारी, रायोको सागको मूल्य दोब्बर, बोडीको मूल्य ५४%ले बढ्यो

बिजमाण्डू
२०७६ भदौ ३० गते १४:३९ | Sep 16, 2019
सोह्रश्राद्ध लागेपछि महँगियो तरकारी, रायोको सागको मूल्य दोब्बर, बोडीको मूल्य ५४%ले बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौँ।सोह्रश्राद्ध लागेपछि अधिकांश तरकारीको भाउ महँगिएको छ। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले दैनिक सार्वजनिक गर्ने मूल्य सूचीको आधारमा अधिकांश तरकारीको भाउ बढेको देखिएको हो।

अघिल्लो साता सार्वजनिक भएको मूल्य सूचीको आधारमा तरकारीको मूल्य सोमबार बढेको छ। समितिका अनुसार ४३ प्रकारका तरकारीमध्ये २८ तरकारीको मूल्य बढेको छ। सबैभन्दा बढी रायोको सागको मूल्य ९३ प्रतिशतले बढेको छ।प्रति किलो रायो सागको मूल्य सोमबार एक सय ४५ रुपैयाँ पुगेको छ। अघिल्लो साता रायोको सागको मूल्य किलोको ७४ रुपैयाँ थियो। यो मूल्यको आधारमा रायो सागको मूल्य ९३ प्रतिशतले बढेको छ।

सागसँगै बोडी, करेला, प्याज, आलु र भिन्डीको मूल्य पनि बढेको छ।समितिका अनुसार बोडी ५४ प्रतिशत, करेला ४४ प्रतिशत,प्याज ३६ प्रतिशत, आलु १७ प्रतिशत र भिन्डीको मूल्य १५ प्रतिशतले बढेको छ।सोमबारको मूल्य अनुसार बोडी ८५ रुपैयाँ, करेला ६५ रुपैयाँ, प्याज ९३ रुपैयाँ, आलु ६३ रुपैयाँ र भिन्डीको मूल्य ७५ रुपैयाँ किलो छ।

बर्षातसँगै बजारमा आयात हुने तरकारीको परिणाम घटेको कारण मूल्य बढेको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए। उनका अनुसार तरकारीको मूल्य बढ्न चाडबाडले समेत सघाएको छ। सोह्रश्राद्धले बजारमा तरकारीको माग बढेको बताउँदै उनले माग अनुसार आपुर्ति नहुँदा मूल्य बढेको बताए।

कृषि उपज

ईकाइ

भदौ १६, २०७६

भदौ ३०, २०७६

बृद्धि (%)

औसत मूल्य

औसत मूल्य

गोलभेडा ठूलो(नेपाली)

के.जी.

९५

८५

१०.५३

ठूलो गोलभेडा(भारतीय)

केजी

९५

८५

१०.५३

गोलभेडा सानो

के.जी.

७०

४५

३५.७१

गोलभेडा सानो(टनेल)

के जी

८५

७०

१७.६५

गोलभेडा सानो(भारतीय)

के जी

६५

७०

७.६९

आलु रातो

के.जी.

५८

६८

१७.२४

आलु रातो(भारतीय)

के जी

४५

५५

२२.२२

आलु रातो(मुडे)

केजी

५८

६३

८.६२

आलु सेतो

के.जी.

४५

५५

२२.२२

प्याज सुकेको

के.जी.

६८

९३

३६.७६

बन्दा(लोकल)

के.जी.

६५

५५

१५.३८

काउली स्थानिय

के.जी.

१२५

११५

सेतो मूला(हाइब्रीड)

केजी

५५

६५

१८.१८

भन्टा लाम्चो

के.जी.

५५

७५

३६.३६

बोडी(तने)

के.जी.

५५

८५

५४.५५

मकै बोडी

केजी

५५

८५

५४.५५

घिउ सिमी(लोकल)

के.जी.

७५

८५

१३.३३

घिउ सिमी(हाइब्रीड)

केजी

७५

८५

१३.३३

तितो करेला

के.जी.

४५

६५

४४.४४

लौका

के.जी.

५५

६५

१८.१८

घिरौला

के.जी.

५५

६५

१८.१८

हरियो फर्सी(डल्लो)

केजी

५५

६५

<span style="fon