साउदी अरबले उत्पादन कटौंती गरेपछि कच्चा तेलको मूल्य बढ्यो, नेपाललाई प्रभाव पर्ला?

रासस
२०७६ भदौ ३० गते १४:५० | Sep 16, 2019
साउदी अरबले उत्पादन कटौंती गरेपछि कच्चा तेलको मूल्य बढ्यो, नेपाललाई प्रभाव पर्ला?

Tata
GBIME
Nepal Life

हङकङ।साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ। साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको आरोप लगाएपछि अरब क्षेत्रमा तनाब उत्पन्न भएको छ। ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति ब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रति ब्यारेल करिब १५ प्रतिशत अर्थात् ८ डलर बढेको छ।

इरान समर्थित यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरेको दाबी गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणकारीको पहिचान भइसकेको र रियादको अनुमति प्राप्त हुनासाथ आक्रमण गरिने बताएका छन्।कच्चा तेलको मूल्य बढ्दा नेपाललाई पनि प्रभाव पर्छ।

इन्डियन आयल कर्पोरेशनले अन्तर्राष्ट्रिय मूल्यमा आएको उतारचढाबका आधारमा मूल्य निर्धारण गरेर नेपाललाई पठाउने गर्छ।आइओसीले प्रत्येक १५/१५ दिनमा मूल्य निर्धारण गरेर नेपाललाई पठाउँछ।