सेञ्चुरी कमर्सियल बैंकले टिष्टुङ बज्रबाराहीमा गर्यो वित्तिय साक्षरता कार्यक्रम

बिजमाण्डू
२०७६ भदौ ३० गते १६:४९ | Sep 16, 2019
सेञ्चुरी कमर्सियल बैंकले टिष्टुङ बज्रबाराहीमा गर्यो वित्तिय साक्षरता कार्यक्रम

Tata
GBIME
Nepal Life

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकले टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारी दिएको थियो। कार्यक्रममा डेढ सय जनाभन्दा बढीको सहभागी थियो।

सहुलियत कर्जा, खाता,नागरिकलाई दिइरहेको सेवा प्रवाह लगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुँच बढाउन गाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो। बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने जनाएको छ।