वीरगंजको सुख्खा बन्दरगाह भयो साँघुरो, कन्टेनर थुप्रिएर सामान आयात/निर्यातमै समस्या

बिजमाण्डू
२०७६ भदौ ३१ गते १०:०७ | Sep 17, 2019
वीरगंजको सुख्खा बन्दरगाह भयो साँघुरो, कन्टेनर थुप्रिएर सामान आयात/निर्यातमै समस्या


Tata
GBIME
Nepal Life

वीरगंज। सिर्सिया सुक्खा बन्दरगाह भन्सार साँघुरो हुँदा व्यवसायीले सामान आयात/निर्यातमा कठिनाई भोग्नुपरेको छ।बन्दरगाह संचालन गर्ने हिमालयन टर्मिनलका प्रमुख कार्यकारी निर्देशक विष्णुकान्त चौधरीका अनुसार बन्दरगाहमा सामान राख्न कठिन भइसकेको छ।

केही दिन ढुवानी अवरोध भएमा रेलमा आएको सामान राख्ने ठाउँनै हुँदैन्।गत साउनको पहिलो साता उद्योगी तथा ढुवानी व्यवसायीको संयुक्त हडतालको कारण करिब १५ सय कन्टेनर थन्केको थियो भने हाल आएर ड्राईपोर्टमा करिब २ हजार कन्टेनर छन्।शुक्रबारसम्म बन्दरगाहमा २ हजार ४ वटा कन्टेनर नेपाल साइड तिर छ। बन्दरगाहमा लोड भइसकेका १ हजार ८ वटा, खाली ४ सय ८३ वटा तथा वीरगंज–पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा करिब ५ सय १३ कन्टेनर छ।

सन् २००४ देखि सञ्चालनमा आएको बन्दरगाह १५ वर्ष पूरा भएको छ।३८ सय हेक्टर क्षेत्रफलमा फैलिएको बन्दरगाह ४० प्रतिशत मात्र उपयोग गर्न मिल्नेछ लागि ६० प्रतिशत हरियारी क्षेत्रमा रुख विरुवा छन्। मालसमान ओसारपसारको लागि छुटाइएको ४० प्रतिशतमै ६ वटा रेल्वे ट्रयाक,गोदाम,यार्ड तथा कार्यालय छन्।नेपाल भित्रिने कन्टेनरको संख्या बढेपनि बन्दरगाह विस्तार भएको छैन।

बन्दरगाह विस्तारका लागि नेपाल इन्टरमोडल यातायात समितिले कुनै पहल नगरेको व्यवसायीको आरोप छ। तर इन्टरमोडलका अधिकृत तर्कराज जोशीले बन्दरगाह विस्तार जग्गा अधिग्रहण भएपछि अघि बढ्ने बताए। अहिले आइसिपी र बन्दरगाहबीचको  ६२ विघा जग्गा मुआब्जामा चित्त नबुझाएका कारण दुई वर्षदेखि होल्ड भएर बसेको छ।