जंगल सफारी लजको दशैंतिहार अफर, ९ हजार ९ सय ९९ रुपैयाँमा सौराहा घुम्न पाइने

बिजमाण्डू
२०७६ असोज १ गते ०७:४७ | Sep 18, 2019
जंगल सफारी लजको दशैंतिहार अफर, ९ हजार ९ सय ९९ रुपैयाँमा सौराहा घुम्न पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं।चितवनको सौराहामा रहेको जंगल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी ‘दसैं तिहार दुई रात अफर’ योजना ल्याएको छ।

असोज १ देखि कार्तिक मसान्त सम्म लागु हुने यो योजना अन्तर्गत पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र ९ हजार ९ सय ९९ रुपैयाँमा सौराहा घुम्न पाउनेछन्। होटलका कार्यकारी निर्देशक सुमन घिमिरेले प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित सबै सफारी गर्न पाउने जानकारी दिए।

उनका अनुसार पर्यटकहरुले यो प्याकेजमा खाना अलवा जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्।‘हामीले यस पटक जीप सफारीलाई प्राथमिकता दिएका छौं, तर अतिरिक्त शुल्क तिरेर हात्ती सफारी पनि गर्न सकिन्छ,’ उनले भने।

होटलमा स्वीमिङ पुल, पूर्ण एसी कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा छ। सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि यो प्याकेज ल्याएको उनले जानकारी दिए।‘हामीले विगत एक दशकदेखि दशैंतिहारको समयमा यस्तै योजना ल्याएका थियौं, सफल भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं,’उनले भने।