एनसेलले प्रिपेड ग्राहकका लागि ल्यायो सस्तो योजना, डेटा र भ्वाइसका पाँच योजना यस्ता छन्

बिजमाण्डू
२०७६ असोज १ गते ०८:१७ | Sep 18, 2019
एनसेलले प्रिपेड ग्राहकका लागि ल्यायो सस्तो योजना, डेटा र भ्वाइसका पाँच योजना यस्ता छन्

Tata
GBIME
Nepal Life

काठमाडौं।एनसेलले प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ।एनसेलका प्रिपेड ग्राहकले सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

बुधवारदेखि कार्यान्वयनमा आएको योजनामा १९९, २९९,  ४९९, ७९९ र ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन्।कम्पनीका अनुसार ग्राहकले प्लानको समयावधि रहेसम्म अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन्। कम्पनीले यो बाहेक यो प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्ने जनाएको छ। कम्पनीका अनुसार प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्द हुनेछ भने ग्राहकले तत्काल विशेष रुपमा तयार गरेको थप डेटा प्याक लिएर सेवाको प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले कर सहित २ सय ५४ रुपैयाँ १० पैसामा १ जिबी डेटा भोल्युम र कर सहित मात्र १ रुपैयाँ २८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन्। डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा ग्राहकले कर सहित मात्र ८९ रुपैयाँ ३८ पैसामा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवा लिन सकिने कम्पनीले जनाएको छ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १ रुपैयाँ १५ पैसा  प्रति मिनेट अन नेट भ्वाइस सेवा ३ सय ८१ रुपैयाँ ७९ पैसामा सुचारु गर्न सकिने कम्पनीले जनाएको छ।यो योजना अनुसार डेटा भोल्युम समयसीमा अगाडिनै सकिएमा ग्राहकले १ सय २७ रुपैयाँ ६९ पैसामा थप २ जिबी प्याक सुचारु गर्न सकिने कम्पनीले जनायो।

ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि कम्पनीले जनाएको छ।ग्राहकले ६ सय ३७ रुपैयाँ १७ पैसामा प्लान ४९९ लिन सकिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यो प्लानमा १ रुपैयाँ २ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ। यो योजनामा डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबी डेटाको प्याक १ सय ९१ रुपैयाँ ५४ पैसामा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

प्लान ७९९ अन्तर्गत १ हजार २० रुपैयाँ २४ पैसामा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिने कम्पनीले जनाएउको छ। यो योजनामा डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३ सय ८३ रुपैयाँ ७ पैसामा थप ७ जिबी डेटा भोल्युम लिन सकिने कम्पनीले जनाएको छ।

मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लाथि एनसेलले प्लान ९९९ पनि ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले १ हजार २ सय ७५ रुपैयाँ ६२ पैसामा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ। यो योजनामा डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले मात्र ५ सय १० रुपैयाँ ७६ पैसामा थप १० जिबी डेटा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाको प्रयोग गर्ने समयावधि ३० दिनको हुने र पाँच मध्ये कुनै पनि प्लान सुरु गर्न ग्राहकले कर सहित ६४ पैसामा एनसेल नेटवर्क भित्र एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ। त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुने कम्पनीले जनायो।

यो सेवा लिन एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुरु गर्न सकिने कम्पनीले जनायो। कम्पनीका अनुसार थप डेटा प्याकहरु खरिद गर्न ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी लिन सकिन्छ।कम्पनीका अनुसार यो योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नविकरण हुनेछ।

प्लान नविकरण हुनको लागि ग्राहक मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएमा ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट कर सहित २ रुपैयाँ ५४ पैसा र एसएमएस सेवा कर सहित प्रति एसएमएस १ रुपैयाँ २८ पैसामा प्रयोग गर्न सक्नेछन्।कम्पनीले यो योजना तीन महिनासम्म लागु हुने जनाएको छ।