नेप्सेपछि ग्रामिण विकास लघुवित्तको शेयर बिक्री गर्दै राष्ट्र बैंक, न्युनतम मूल्य १०० रुपैयाँ

बिजमाण्डू
२०७६ असोज १ गते ०९:५० | Sep 18, 2019
नेप्सेपछि ग्रामिण विकास लघुवित्तको शेयर बिक्री गर्दै राष्ट्र बैंक, न्युनतम मूल्य १०० रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको ग्रामिणमा संस्थापक शेयर छ।

राष्ट्र बैंकले अंकित मूल्य १०० रुपैयाँ न्युनतम बिक्री दर तोकेको छ। यसमा बोलकबोल गरेर किन्नु पर्ने हुन्छ। कुल २ लाख ९९ हजार ९८२ कित्ता शेयर बिक्री गर्न लागिएको हो। 

ग्रामिणका संस्थापकहरुले कात्तिक ४ गतेसम्म आवेदन दिनु पर्ने छ। संस्थापकहरुले नकिनेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई शेयर बिक्री खुला गर्ने छ।

सबैभन्दा बढि दर रेट हाल्नेले मात्र शेयर पाउने छन्। राष्ट्र बैंकले यसअघि नेपाल स्टक एक्सचेञ्जको शेयर बिक्रीमा राखेको थियो। सबै शेयर भने बिक्री भएको छैन।

राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका कम्पनीहरुको शेयर बिस्तारै बिक्री गरेर बाहिरिन थालेको छ। त्यही योजना अनुसार ग्रामिणको शेयर बिक्री गर्न लागेको हो।