एनएसीले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने, छुटका लागि टिकट सेल्स अफिसबाट काट्नुपर्ने

रासस
२०७६ असोज २ गते ०९:५९ | Sep 19, 2019
एनएसीले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने, छुटका लागि टिकट सेल्स अफिसबाट काट्नुपर्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक भएको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले कार्यान्वयनमा ल्याएको हो। उक्त निर्णय आज अर्थात् असोज १ गतेदेखि नै लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ। ज्येष्ठ नागरिकको सम्मानस्वरुप निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको जनाएको छ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार प्राविधिक तयारी पूरा नभएका कारण हाललाई सेल्स अफिसबाट टिकट लिने ज्येष्ठ नागरिकले मात्र उक्त सुविधा उपभोग गर्न पाउनेछन्। ज्येष्ठ नागरिक ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ। संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन क्यान्सर पीडित बिरामीलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ।