एससिटीले आइपिओ जारी गर्ने, युनियन पेसँगको सहकार्यपछि ‘कन्ट्याक्ट लेस’ कार्ड जारी गर्दै

बिजमाण्डू
२०७६ असोज २ गते ११:१६ | Sep 19, 2019
एससिटीले आइपिओ जारी गर्ने, युनियन पेसँगको सहकार्यपछि ‘कन्ट्याक्ट लेस’ कार्ड जारी गर्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी) ले सर्वसाधारणलाई समेत शेयर जारी गर्ने योजना अगाडि सारेको छ। सुरुमा हकप्रद शेयर बाँडेर चुक्ता पूँजी बढाउने र त्यसपछि सर्वसाधारणलाई निश्चित प्रतिशत शेयर दिने कम्पनीको योजना छ।

कम्पनीका अध्यक्ष देवीप्रकाश भट्टचनले चीनको युनियनपेसँग सहकार्य सम्बन्धि हस्ताक्षर कार्यक्रममा बोल्दै भुक्तानी सेवा सञ्चालकहरुसँग मर्जरमा जाने योजनाका बारेमा पनि जानकारी दिएका छन्। कम्पनीलाई २५ करोड रुपैयाँ चुक्ता पूँजीको पुर्याउने तयारी छ। 

एससिटीले १६ बर्षदेखि कार्ड सेवा सुरु गर्दै आएको छ। नेपालमा कार्ड भित्र्याउने नै एससिटी हो। एससिटीमा पछिल्लो समय प्रभु समूह भित्रिएको छ। यसमा प्रभु म्यानेजमेन्ट र प्रभु बैंक छिरेको हो। एससिटीमा ग्लोबल आइएमइ बैंक, हिमालयन बैंकलगायतले पनि लगानी गरेका छन्। 

युनियन पेसँगको सहकार्यपछि कम्पनीले 'कन्ट्याक्ट लेस' कार्डहरु जारी गर्ने भएको छ। अहिले बैंकहरु 'म्यागनेटिक' पछि 'चिप' मा आधारित कार्डमा गइरहेका छन्। 'कन्ट्याक्ट लेस' कार्ड चिपभन्दा सुरक्षित र आधुनिक हो।

एससिटीले चाँडै प्रभुपे र आइएमइपे कार्ड जारी गर्ने छ। कम्पनीका अध्यक्ष भट्टचनले नेपाली कार्ड भएकाले सबैले माया गर्नु पर्ने बताए। कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले प्रविधिको सुरक्षा बढाउन आग्रह गरे।