सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो, तोलाको ७०७०० रुपैयाँ कायम, चाँदी ८५५ रुपैयाँ तोला

बिजमाण्डू
२०७६ असोज २ गते १३:१८ | Sep 19, 2019
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो, तोलाको ७०७०० रुपैयाँ कायम, चाँदी ८५५ रुपैयाँ तोला


Tata
GBIME
Nepal Life

काठमाडौँ। बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रति तोला सुनको मूल्य ६ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो। 

बिहीबार प्रति तोला सुनको मूल्य ७० हजार सात सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। प्रति तोला चाँदीको मूल्य आठ सय ५५ रुपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको कारण नेपाली बजारमा सुनको मूल्य घटेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा तय हुने मूल्यको आधारमा माहासंघले सुनको मूल्य तय गर्ने गरेको छ। 

बुधवार प्रतितोला सुन ७१ हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो भने चाँदीको मूल्य आठ सय ७० रुपैयाँ रहेको थियो। सुनचाँदीको मूल्य बढेका कारण कारोबार भने घटेको छ।