मेशिन बिग्रिएपछि साढे २ घण्टा बन्द भयो बिमानस्थल, केही ‘होल्ड’ भए, केही ‘डाइभर्ट’, बल्ल खुल्यो

बिजमाण्डू
२०७६ असोज २ गते १३:३४ | Sep 19, 2019
मेशिन बिग्रिएपछि साढे २ घण्टा बन्द भयो बिमानस्थल, केही ‘होल्ड’ भए, केही ‘डाइभर्ट’, बल्ल खुल्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। साढे दुई घण्टा उडान अवतरण अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बल्ल सुचारु भएको छ।

भिजिविलिटी हेर्ने मेशिन बिग्रिएपछि सम्पूर्ण उडान अवतरण बन्द गरिएको थियो। बिहान १० बजेदेखि साढे १२ बजेसम्म बिमानस्थल बन्द गरिएको थियो। 

बन्दका कारण अन्तर्राष्ट्रिय उडानहरु कतिपय होल्ड भएका थिए भने कतिपय अर्कै गन्तब्यमा 'डाइभर्ट' भएका थिए। 'डोमेस्टिक' उडानहरु पनि बन्द भएका थिए।

'बिहान मेसिनमा समस्या आएकाले उडान अवतरण बन्द गरिएको थियो' विमानस्थलका प्रवक्ता प्रताबबाबु तिवारीले भने, 'अहिले सुचारु भएको छ।'