ब्यापार घाटा बारे अर्थमन्त्री: विदेशी सामान मगाउने अनि घाटा बढ्यो भनेर धारेहात लगाउने?

बिजमाण्डू
२०७६ असोज २ गते १५:२१ | Sep 19, 2019
ब्यापार घाटा बारे अर्थमन्त्री: विदेशी सामान मगाउने अनि घाटा बढ्यो भनेर धारेहात लगाउने?


Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी सामान माग्ने अनि ब्यापार घाटा बढ्यो भनेर धारेहात लगाउने प्रबृत्ति बढेकोमा आपत्ति जनाएका छन्।

उनले नेपाली उपभोक्तालाई हरेक सामान बिदेशी नै चाहिने गरेको बताउँदै पछि उनीहरु नै व्यपार घाटा बढ्यो भनेर सरकारलाई धारेहात लगाउने गरेको आरोप लगाए। 

नेपाली धागो उत्पादक संघले आजदेखि सुरु गरेको नेपाली घागो कपडा प्रदर्शनीको उद्घाटन गर्दै अर्थ मन्त्रीले पहिले आफुलाई सुधर्न सुझाब दिए। उनले स्वदेशी उत्पादन प्रयोगमा जोड दिनु पर्ने बताए।

एक दर्जन औद्योगिक क्षेत्रमा आत्मनिर्भर गराउने सरकारी लक्ष्य रहेको बताउँदै उनले उद्योगीमा प्रतिस्पर्धा, लगनशीलता, उत्कृष्टता र अनुसन्धान आवश्यक रहेको बताए।

‘रेसाजन्य वस्तुमा सरकारले संरक्षण नगरे क्षेत्रीय र अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्न सकिदैन। आयात करमा छुट, विद्युतमा छुट, बैंकको ब्याजमा सहुलियत दिने कार्यक्रम छन्' उनले भने, 'केहि ढिला भएको छ। तपाईहरुप्रति हामी संवेदनशी छौं।‘

उनले बुटवल धागो कारखाना र हेटौंडा कपडा कारखाना निजी क्षेत्रलाई लिजमा सञ्चालन गर्न दिने सहमति भएको समेत जानकारी दिए। मन्त्रीपरिषद्बाट पास हुने क्रममा रहेको जानकारी दिँदै उनले सार्वजिक संस्थानहरु लिजमा लिएर चलाउन पनि आग्रह गरे।

उनले कपडा उद्योगमा पनि धेरै बिक्रित रहेको बताए। अस्वभाविक मुल्य बृद्धि गर्ने, एउटा देखाएर कम गुणस्तरको भिडाउने प्रबृत्ति हावी भएको उनले बताए। 'यस्तो गर्नु भयो भने तपाईको बजार गुम्छ,' उनले भने। 

अर्थमन्त्रीले कच्चा पदार्थ उत्पादनमा ध्यान दिन पनि आग्रह गरेका छन्। उनले कपास, रेशम धागो र रेशा जन्य उत्पादनमा सरकारले अनुदानको व्यवस्था गरेकाले त्यसतर्फ लाग्न आग्रह गरे। उनले एक अर्ब अनुदान दिइसकेको बताए। 

कार्यक्रममा बोल्दै नेपाल धागो उत्पादक संघका अध्यक्ष पवनकुमार गोल्यानले विश्वमा प्रतिस्पर्धा गर्न नपाली धागो उद्योग सक्षम रहेको जानकारी दिए। उनले आफ्नो उत्पादनको ८० प्रतिशत बिदेश निर्यात हुने गरेको बताए।