मुरारकालाई वचन दिने ध्रुबनै बने सिमेन्ट संघको अध्यक्ष, मुरारका अध्यक्ष बन्न कसले रोकेको थियो?

बिजमाण्डू
२०७६ असोज २ गते १६:०२ | Sep 19, 2019
मुरारकालाई वचन दिने ध्रुबनै बने सिमेन्ट संघको अध्यक्ष, मुरारका अध्यक्ष बन्न कसले रोकेको थियो?

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघमा पुन: ध्रुबराज थापा चयन भएका छन्।संघको विहिबार भएको निर्वाचनमा थापा अध्यक्षमा निर्विरोध चयन भएका हुन्।

संघको १६औं साधारणसभाको दिनमा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति तुहिएपछि थापा पुन: अध्यक्षमा आएका हुन्। आठ महिना अघि भएको साधारणसभामा अध्यक्ष थापासहितका उद्योगीले मुरारकालाई अध्यक्षमा प्रस्ताव गरेका थिए।

अधिकांश उद्योगीको आग्रहपछि मुरारका संघमा अध्यक्ष बन्न तयार भएका थिए।तर साँझ केही उद्योगीको असहमतिका कारण मुरारका सर्वसम्मत हुन सकेनन्।केही उद्योगीले ताराप्रसाद पोखरेललाई अध्यक्षमा अघि सारेपछि सर्वसम्मतको बाटो बन्द भएको थियो।सर्वसम्मतको बाटो बन्द भएपछि मुरारकाले संघको नेतृत्वमा जान चाहेनन्।

सुरुवातको केही चरणको छलफलमा मुरारका अध्यक्ष बस्न चाहेकै थिएनन्। उनले पदप्रतिको आशक्ति हुने भन्दै अध्यक्ष पद अस्विकार गरेका थिए।तर थापा लगायतका केही उद्योगीको अनुरोधपछि उनी संघमा आउन चाहेका थिए।स्रोतका अनुसार मुरारकालाई अध्यक्षमा आउन नदिन उनकै नजिकका साथी कुमुद दुगडले प्रमुख भूमिका खेले।

दुगडले पोखरेललाई अध्यक्षमा उठाउन जोडबल गरे।त्यही जोडबलका कारण मुरारका र दुगडबीच सम्वन्ध चिसिएको छ।नाकाबन्दीका समयमा खानेतेलको कारोबारमा समस्यामा पर्दा मुरारकाको सहयोगमा दुगडले व्यवसाय पूर्ववत रुपमा संचालनको अवसर पाएका थिए।तर उनै दुगडले मुरारकालाई अध्यक्ष बन्न दिएनन्।

 सर्वसम्मत नेतृत्वको प्रयास भाँडिदा समेत अध्यक्ष थापाले आफू बचनप्रति प्रतिवद्ध रहेको भन्दै मुरारकालाई अध्यक्ष बनाउने आश्वासन दिएका थिए।तर अन्तिममा सहमति बन्न नसकेपछि थापालेनै संघको नेतृत्व लिए।विहिबार भएको निर्वाचनमा मुरारका सहभागीनै भएनन्। संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल चयन भएका छन्

।उनी अग्नि सिमेन्टका संचालक हुन्। संघको महासचिवमा विशाल सिमेन्टका जयन्द चुडाल निर्वाचित भएका छन्।संघको सदस्यमा युनाईटेड सिमेन्टका विकास दुगड,एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई,ईन्टरनेशनल सिमेन्टका राजनकुमार झा, केपी सिमेन्टका केशवप्रसाद उप्रेती र शिवम सिमेन्टका सुरेन्द्र गोयल चयन भएका छन्।