सेनाले किनेको हेलिकोप्टर काठमाडौं आइपुग्यो, राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग गरिने

बिजमाण्डू
२०७६ असोज २ गते १७:०३ | Sep 19, 2019
सेनाले किनेको हेलिकोप्टर काठमाडौं आइपुग्यो, राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग गरिने

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाली सेनाले भिभिआइपीका लागि खरीद गरेको हेलिकोप्टर अगस्टा काठमाडौं अवतरण गरेको छ। १ अर्ब ७० करोड रुपैयाँमा किनेको हेलिकोप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुनेछ।

एडब्लु(अगष्टा वेस्टल्याण्ड)-१३९ मोडलको हेलिकोप्टरको कलसाइन ९एन-आरएम हो। 'अहिले  हेलिकोप्टर आइसकेको छ। हेलिकोप्टर नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत दर्ता हुनेछ। प्राधिकरणकै नियम अनुसार यसको मेन्टिनेन्स र एयर वर्दिनेसका काम हुनेछ।' सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

हेलिकोप्टर  उडानका लागि इन्स्ट्रक्टर पाइलट केही दिनमा आइपुग्ने प्रवक्ता पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार हेलिकोप्टर दर्ताको प्रक्रियाका लागि प्राधिकरणमा पत्राचार भइसकेको छ

१५ सीट क्षमता रहेको यो ट्विन इन्जिन हेलिकोप्टर विश्वभर भिआइपी, कर्पोरेट, फायर फाइटिङ, उद्धार लगायत प्रयोजनमा प्रयोग हुँदै आएको छ। यो हेलिकोप्टर इटालीको लियोनार्दो कम्पनीले उत्पादन गर्दै आएको छ।