विपी हाइवे अव सशुल्क, सडक बोर्डले उठाउन थाल्यो शुल्क, कुन सवारीसाधनले कति तिर्नुपर्छ?

बिजमाण्डू
२०७६ असोज २ गते १७:१० | Sep 19, 2019
विपी हाइवे अव सशुल्क, सडक बोर्डले उठाउन थाल्यो शुल्क, कुन सवारीसाधनले कति तिर्नुपर्छ?


Tata
GBIME
Nepal Life

काठमाडौं। धुलिखेल – सिन्धुली – वर्दिवास सडक ( विपी हाईवे) मा यात्रा गर्दा दस्तुर तिर्नुपर्ने भएको छ। सडक बोर्ड नेपालले असोज १ गतेदेखि सडक उपभोग दस्तुर उठाउन सुरु गरेको हो।

सडक दस्तुर उठाउन बोर्डले यस अघि पटक पटक टेण्डर आव्हान गरे पनि ठेकेदार आएनन्। टेण्डर नपरेपछि सडक विभाग र वोर्डको पहलमा शुल्क उठाउन सुरु गरिएको ( विपी हाईवे) आयोजना प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए। सडक वोर्ड ऐन २०५८ को दफा ६ मा उल्लेखित व्यवस्था बमोजिम  ने सरकारद्धारा नेपाल राजपत्र खण्ड ६९ सङख्या १ को भाग ५ बमोजिम शुल्क उठाउन लागिएको हो। यस अघि नै सरकारले १४ वटा राजमार्गमा सडक दस्तुर उठाउने निर्णय गरिसकेको छ।

धुलिखेल – खुर्कोट र खुर्कोट सिन्धुली बर्दिवास गरि दुई खण्डबाट दस्तुर उठाउन सुरु गरिएको छ । दुई पाङग्रे,तीनपाङग्रे सवारीसाधन,हलुका चारपाङग्रे सवारीसाधन,ट्रक हेभिइक्विपमेन्ट लगाएतका सवारीसाधनले दस्तुर तिर्नुपर्ने छ।सरकारीलाई भने लागु हुनेछैन्।

यस्तो छ शुल्क