तीन दिनपछि लुक्ला उडान सामान्य, अलपत्र परेका साढे तीन सय यात्रु काठमाडौं फर्किए

बिजमाण्डू
२०७६ असोज २ गते १७:२३ | Sep 19, 2019
तीन दिनपछि लुक्ला उडान सामान्य, अलपत्र परेका साढे तीन सय यात्रु काठमाडौं फर्किए

Tata
GBIME
Nepal Life

काठमाडौं। तीन दिनपछि लुक्ला उडान सामान्य भएको छ।बिहीबार जहाज र हेलिकोप्टर मार्फत तीन सय ५८ जना यात्रुले लुक्ला-काठमाडौं यात्रा गरेको विमानस्थलका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।

'बिहीबार लुक्लाको मौसम अनुकुल देखिएको छ। आजमात्र एक सय छ वटा हेलिकोप्टर र ४३ वटा जहाज ओहोरदोहोर गरेका छन्। हवाई यातायात प्रभावका कारण यता अलपत्र परेका प्राय यात्रुहरु आज काठमाडौं पुगेका छन्,' उनले भने।

मौसम प्रतिकुलका कारण तीन दिनदेखि यो गन्तब्यमा जहाज तथा हेलिकोप्टर उडान प्रभावित भएको थियो। सुर्केबाट उडान गरेका विभीन्न कम्पनीका १० वटा हेलिकोप्टर सोमबार बीचमै सुरक्षित अवतरण गर्न वाध्य भएका थिए।