मेलम्ची खानेपानीको बाँकी काम गर्न चिनियाँ कम्पनी आयो, आइतबार सम्झौता गर्ने तयारी

बिजमाण्डू
२०७६ असोज २ गते १७:३२ | Sep 19, 2019
मेलम्ची खानेपानीको बाँकी काम गर्न चिनियाँ कम्पनी आयो, आइतबार सम्झौता गर्ने तयारी

Tata
GBIME
Nepal Life

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाईड्रोसँग अर्को साता सम्झौंता हुने भएको छ।

आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै सम्झौता गर्न आउन पत्र पठाएको थियो।कम्पनीका प्रतिनिधीहरु बैक ग्यारेण्टी सहित काठमाडौंमा आइसकेकोले आइतबार सम्झौंता गर्न लागिएको छ।

आयोजनाले विहिबार नै बैक ग्यारेण्टी भेरिफिकेशनका लागि पत्र पठाएको सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार बैक ग्यारेण्टी सहितका प्रक्रिया सकेर सम्झौंता गर्न लागिएको छ। चिनियाँ कम्पनीले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा पाएको छ।

आयोजनाका अनुसार निर्माण कम्पनीले एक महिनाभित्र काम सुरु गर्नुपर्नेछ।कम्पनी तामाकोशी हाईड्रोपावरको सिभिल इन्जिनियरिङको काम सकेर बसेको छ। इक्विपमेन्ट र कामदार समेत तयार अवस्थामा रहेकाले छिट्टै काम सुरु हुने आयोजनाले जनाएको छ।