गौतम वुद्ध र पोखरा विमानस्थलका लागि २२ अर्ब, विमानस्थल पीपीपी मोडलमा संचालन गर्न दिने

बिजमाण्डू
२०७६ असोज २ गते २०:४० | Sep 19, 2019
गौतम वुद्ध र पोखरा विमानस्थलका लागि २२ अर्ब, विमानस्थल पीपीपी मोडलमा संचालन गर्न दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि २२ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको छ।

प्राधिकरणले ४६ अर्ब ९६ करोडमध्ये यो रकम विनियोजन गरिएको हो।प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि छ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ छुट्टाएको छ।सरकारको ऋण लगानी, शेयर लगानी र अनुदान, वैदेशिक ऋण र अनुदानमा सञ्चालनमा आउने विभिन्न आयोजना/कार्यक्रमहरुको अध्ययन एवं विश्लेषण गर्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा परिमार्जन गर्दै २४ सै घण्टा संचालनमा ल्याउने योजना रहेको जनाएको छ।

प्राधिकरणले बजेटमार्फत विभिन्न आन्तरिक विमानस्थलमा भू–उपग्रहमा आधारित यान्त्रिक उडान प्रणाली 'सेटलाइट बेस्ड आइएफआर' संचालनमा ल्याउने योजना बनाएको छ।विराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थल स्तरोन्नती गर्ने प्राधिकरणले जनाएको छ। प्रदेश राजधानीका विमानस्थलहरुलाई कम्तीमा ७० सिटभन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्ने गरी स्तरोन्नति र विस्तार गर्ने जनाएको छ।

प्राधिकरणले आन्तरिक विमानस्थलहरु मध्ये केहीलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा संचालन गर्ने योजना रहेको जनाएको छ।