चावहिल-साँखु सडक विस्तार: मंसिर १५ सम्म काम नगर्ने ठेकेदारको ठेक्का रद्द, कारबाही पनि गरिने

बिजमाण्डू
२०७६ असोज ८ गते ०९:५६ | Sep 25, 2019


काठमाडौं। चावहिल-साँखु सडक विस्तारका लागि २०७२ सालमा ठेक्का लागेको थियो।

Tata
GBIME
Nepal Life

आयोजनाको पूर्व तयारी र साईट क्लियर नगरी ठेक्का लगाउँदा तीन बर्षसम्म रेखाङकन बाहेक कुनै कामै हुन सकेन। सडक विस्तारका  नाममा सडक अस्तव्यस्त बन्न पुग्यो। 

हिलो, धुवा धुलोका कारण सर्वसाधरणले सास्ती खेप्नुपर्यो। साईट क्लियरको समस्या समस्या नभई सडक निर्माणको काम नहुने भएपछि उपत्यका सडक विस्तार आयोजनाले उपलब्ध ठाउँ अनुसार कालोपत्रे गर्ने प्रस्ताव मन्त्रीपरिषदमा पठायो। मन्त्रीपरिषदबाट  १ बर्षभित्र अर्थात गत असारभित्रै सम्पन्न गर्ने गरि स्वीकृत गरिदियो। 

तर १२ किमीको यो सडकमा  २ किलोमिटर कालोपत्रे पनि भएको छैन। सडक खाल्डाखुल्डी हिलाम्मे र धुलाम्मे। अब भने आयोजनाले काम नगर्ने निर्माण कम्पनीमाथि एक्सन लिने भइएको छ। 

जत्रो बाटो छ त्यहिँ कालोपत्रे गर्न स्वीकृति दिँदा पनि काम नगर्ने कम्पनीलाई कारबाही गर्न लागिएको हो। 'जहाँ काम गर्ने स्पेश दिएको छ त्यो स्पेशमा काम नगर्ने कम्पनीलाई निश्चित समयपछि कारबाही गर्ने पर्यो। त्यसका लागि ब्याकग्राउण्ड बनाउँदैछौ' काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालले भने ' मंसिर १५  सम्ममा रिजल्ट दिन नसके एक्सन लिन्छौ।'

आयोजनाका अनुसार नागढुङगा-त्रिपुरेश्वर र चावहिल-साँखु सडकका लागि यथास्थितिमा कालोपत्रे गर्न स्वीकृति दिएको हो। त्रिपुरेश्वर नागढुङगा सडक खण्डको भनेर अधिकांश खण्डको काम सकिसकेको छ। अर्यालका अनुसार मौसमले साथ दिए एक साथमा सडकले नयाँ रुप पाउनेछ। तर चावहिल साँखु सडकको भने आधा पनि काम सकिएको छैन।

बौद्ध जोरपाटी सडकमा भने खानेपानीको पाईप र ढल लिङ्क भएका कारण सडक निर्माणमा  ढिलाई भएको बुझिएको छ। बौद्धबाट जोरपाटीतिर करिव ४५ मिटर दुईतर्फी बाहेक अहिले समस्या समाधान भैसकेको आयोजनाको भनाई छ। छिट्टै बौद्धको समस्या पनि हल गर्न काम सुरु भैसकेको छ। मंसिरसम्म रिजल्ट नदिने र काम गर्ने स्पष्ट आधार नदिए ठेक्का तोडिने आयोजनाले जनाएको छ।

यो सडकको पाँचवटा प्याकेजमध्ये एउटा प्याकेज भने अन्तिम चरणमा छ। एक किमीको साँखुतिरको प्याकेज पुरा हुन लागेको हो। तर चारवटा प्याकेज भने अत्यन्त सुस्त गतिमा छ।  आयोजनाले उपलब्ध गराएको तथ्याङक अनुसार पहिलो प्याकेजमा ५५, दोस्रो ६५, तेस्रो ४० र चौथो ५५ प्रतिशत कार्यप्रगति रहेको छ।