आगलागीपछि त्रिभुवन विमानस्थल बन्द : सिंगापुरबाट आएको जहाज कोलकोता डाइभर्ट, ३ जहाज होल्डमा

बिजमाण्डू
२०७६ माघ २७ गते २१:४७ | Feb 10, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल भवनभित्र रहेको कफी सपमा आगो लागेपछि विमानस्थल बन्द गरिएको छ।

आगलागी भएपछि टर्मिनल भवनभित्र रहेका यात्रु व्यवस्थापन गर्न विमानस्थल थप थप एक घण्टाको लागि बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

स्टराइल हलमा, बोर्डिङ गेट छेउमा रहेको कफी सपमा विद्युत सर्ट भएपछि सोमवार साँझ आगलागी भएको हो।

विमानस्थल बन्द भएका कारण सिंगापुरबाट काठमाडौ आउँदै गरेको सिल्क एयरको जहाज कोलकोता डाइभर्ट भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका अनुसार नेपाल वायुसेवा निगम, हिमालय र चाइन साउदर्नको जहाज भने होल्डमा रहेका छन्।