ग्लोबल आईएमई र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौंता

बिजमाण्डू
२०७६ फागुन ९ गते १२:५३ | Feb 21, 2020
ग्लोबल आईएमई र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौंता

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवाका लागि सहकार्य गर्ने भएका छन्।

बैंकतर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीे र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे। बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापछि अग्रवालले ग्लोबल आईएमईसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। बैंकिङ प्रमुख सुवेदीले प्रविधि प्रयोग गरेर बैंकिङ तथा वित्तिय समस्या समाधान गर्न खोजिएको बताए।