कोरोना रोकथामलाई पनि प्रयोग हुने ‘हाइड्रो क्लोरोक्विन’ निर्यातमा भारतले लगायो प्रतिबन्ध

बिजमाण्डू
२०७६ चैत्र १२ गते १३:०१ | Mar 25, 2020

Tata
GBIME
Nepal Life

भारत सरकारले मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रो क्लोरोक्विन निर्यातमा प्रतिबन्ध लगाएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले गत सोमबार कोरोना भाइरसबाट संक्रमति र आशंका गरिएका व्यक्तिहरुको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमा प्रयोग गर्न सक्ने भन्दै सिफारिस गरेको थियो।

आइसिएमआरका निर्देशक बलराम भारगवले कोरोनाभ सो ‘एन्टी मलेरिया ड्रग’ को प्रयोग भाइरस संक्रमित व्यक्तिहरुसँग सम्पर्कमा रहेका तर कुनै लक्षण नदेखिएका व्यक्तिहरुमा समेत प्रयोग गर्न सक्ने बताएका छन्।   

आइसिएमआरको सिफारिस स्विकार्दै भारतको ड्रग कन्ट्रोलर जेनरलले आपतकालको अवस्थामा बाहेक  हाइड्रोक्लोरोक्विनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। यसैलाई मध्यजनर गर्दै भारत सरकारले हाइड्रोक्लोरोक्विन र यसबाट बन्ने औषधीहरुको निर्यातमा प्रतिबन्ध लगाएको हो।

यद्यपि, भारतको विदेश मन्त्रालयले अत्यावश्यक केस हेरेर हाइड्रोक्लोरोक्विन कुनै हरु राष्ट्रमा निर्यात गर्न दिन सक्ने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हाइड्रोक्लोरोक्विन रक्लोरोक्विनको प्रयोगबाट कोरोना भाइरसबाट संक्रमितको उपचार हुन सक्ने दाबी गरेका थिए। त्यसयता, यस एन्टी मलेसिया ड्रगको माग बजारमा ह्वाट्टै बढेको छ।

हाललाई यो ड्रगको प्रयोगको परीक्षण मात्रै भइरहेकोले चिकित्सकको सल्लाह बिना यसको प्रयोग नगर्न सबैलाई आग्रह गरिएको छ।