भारतले प्रतिबन्ध लगाएका २४ किसिमका औषधी अब निर्यात हुने, सिटामोलमा प्रतिबन्ध कायमै

बिजमाण्डू
२०७६ चैत्र २५ गते १३:३२ | Apr 7, 2020

Tata
GBIME
Nepal Life

भारतले प्रतिबन्ध लगाएको २४ किसिमका औषधीमाथिको प्रतिबन्ध हटाएको छ। एक महिना अघि भारतले निर्यात रोक लगाएका औषधीहरुमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधी निर्यातका लागि आग्रह गरेपछि भारत निर्यातमाथिको प्रतिबन्ध हटाउन तयार भएको बताइएको छ।

कोरोना भाइरस संक्रमणका कारण औषधीको ग्लोबल सप्लाई चेन बिग्रिएपछि भारत सरकारले बिभिन्न औषधीहरुको निर्यातमा  रोक लगाएको थियो। भारत विश्वमै औषधीहरुको सबैभन्दा ठूलो निर्यातकर्ता देशमध्ये एक मानिन्छ।

प्रतिबन्ध खुला भएपछि अब यी औषधीहरु अन्य देशमा पठाउन सकिन्छ। तर प्यारासिटामोल माथिको प्रतिबन्ध भने हटाइएको छैन। भारतमै सुलभ रुपमा औषधीको आपूर्ति भएपछि मात्र यसको निर्यात बारे सोच्न सकिने बताएको छ।

रोयटर्सका अनुसार भारतले एन्टी मलेरिया ड्रग हाइड्रोक्सीक्लोरोक्विन माथिको निर्यातलाई भने आंशिक रुपमा खुला गर्ने भएको छ। यसअघि उसले यो औषधिमा पनि रोक लगाएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच गत शनिबार भएको टेलिफोन बार्तापछि भारतले यो औषधीमाथिको प्रतिबन्ध हटाउन तयार भएको हो।

दुई देशका शिर्ष नेताबीचको कुराकानीपछि भारतले आवश्यक औषधीहरुको आपूर्ति गर्न सहमत भएको ह्वाइट हाउसका प्रबक्ताले समेत जानकारी दिएका थिए।

तर भारतमा यी औषधीहरुको पर्याप्तता सुनिश्चित गरेपछि मात्र यी औषधी अन्य देशमा निर्यात हुने भारतीय पक्षले जनाएको छ।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसाार प्यारासिटामोल र हाइड्रोक्सीक्लोरोक्विनको मागलाई निरन्तर नियमन गरी अत्यावश्यक मौज्दात राखेपछि मात्रै  भारतले मानवीय सहायताका दृष्टिले अत्यावश्यक देखिएका अन्य देशहरुमा पठाउने निर्णय गर्नेछ।


गत मार्च ३ मा भारतले बिभिन्न २६ किसिमका औषधीहरको निर्यातमा रोक लगाएको हो। प्यारासिटामोल र त्यसै अन्तर्गत पर्ने दुई आइटममाथिको प्रतिबन्ध भने कायमै छ।  भारतले रोक लगाएका ति सबै औषधीहरु कुल कुल निर्यातको १० प्रतिशत थियो।
भारतले टेस्टिङ किटहरुमाथिको निर्याातमा पनि रोक लगााएको थियो।

यस्तै विरामी र स्वास्थ्यकर्मीहरुकालागि अत्यावश्यक भेन्टिलेटर, मास्क तथा प्रोटेक्टिभ गियरको निर्यातमा पनि उसले रोक लगााएको थियो।

शनिबार ट्रम्प र मोदीबीच भएको कुरााकानीमा ट्रम्पले मोदीसँग मलेरियाका बिरामीलााई प्रयोग गरिने औषधी हाइड्रोक्सीक्लोरोक्विनको आपूर्ति जारी राख्न आग्रह गरेका थिए। यो औषधी कोरोना भाइरस संक्रमति बिरामीको उपचारमा लाभदायक भएको बताइएको छ।