अमेरिकी डलर एकै दिन ६७ पैसाले बढेर १२३ रुपैयाँ २८ पैसा पुग्यो, अझै भाउ बढ्ने आँकलन

बिजमाण्डू
२०७७ बैशाख ५ गते १०:०४ | Apr 17, 2020
अमेरिकी डलर एकै दिन ६७ पैसाले बढेर १२३ रुपैयाँ २८ पैसा पुग्यो, अझै भाउ बढ्ने आँकलन


काठमाडौं। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ। बिहीबारको सर्वाधिक रेकर्डलाई शुक्रबार तोड्दै डलर १२३ रुपैयाँ २८ पैसा पुगेको छ।

Tata
GBIME
Nepal Life

कोभिड-१९ को प्रभावले डलरको माग बढ्न थालेपछि नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार, बिहीबार डलरको भाउ १२२.६१ रुपैयाँ पुगेको थियो। शुक्रबार ६७ पैसाले थप डलरको भाउ बढेको हो। डलर अझै बढ्ने आँकलन गरिएको छ।

अघिल्लो दिनभरी भएको कारोबारका आधारमा राष्ट्र बैंकले अर्को दिनको रिफरेन्स रेट तोक्छ। चीनबाट फैलिएको नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्। 

कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ। लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन्। 

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। तर यसपाली कोरोनाका कारण डलरको भाउ बढेपनि नेपाली रोजगारीमा रहेका मुलुकहरु पनि यसबाट प्रभावित देखिएकाले ती देशबाट नेपाली फिर्ता पठाइन सक्छन्। यसो हुँदा रेमिटेन्समा आधारित आय घट्न सक्छ।