भारतमा चुलिँदै कोरोना संक्रमण, शनिवारसम्म करिव ३८ हजार संक्रमित, एक हजार दुई सय बढीको मृत्यु

बिजमाण्डू
२०७७ बैशाख २१ गते ०८:२४ | May 3, 2020

Tata
GBIME
Nepal Life

नयाँ दिल्ली। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार सात सय ७६ पुगेको छ। शनिवारसम्म यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि एक हजार दुई सय २३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतामा शनिवारसम्म २६ हजार पाँच सय ३५ जनाको कोरोनाको एक्टिभ केस पहिचान भएको छ भने १० हजार १७ जना मानिस ठीक भएर घर फर्किएका छन्।

भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो जहाँ गत साता मात्रै १० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो। शुक्रवार महाराष्ट्रमा एक हजार आठ नयाँ कोरोना संक्रमित थपिएपछि त्यहाँ कूल ११ हजार पाँच सय छ जना संक्रमित पुगेका छन्।

बढ्दो संक्रमणका कारण भारतले थप दुई साता लकडाउन लम्ब्याउने निर्णय गरिसकेको छ।