उपत्यका छिर्ने नाकामा थप कडाई : सडकमा हिंड्ने ११ सय ३३ जना सर्वसाधारण प्रहरीको नियन्त्रणमा

बिजमाण्डू
२०७७ बैशाख २२ गते ०८:३२ | May 4, 2020

Tata
GBIME
Nepal Life

फाइल फोटो

काठमाडौं। आज सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्थामा थप कडाई गरेको छ। त्यस्तै उपत्यकामा लकडाउन उल्लंघन गर्नेहरुलाई पनि प्रहरीले धमाधम कारबाही गरिरहेको छ।

सोमबार बिहानै काठमाडौं उपत्यकाभित्र ११ सय ३३ जना मानिस प्रहरीको कारबाहीमा परेका छन्। यसरी कारबाहीमा पर्नेमा २ सय ८६ जना महिलासमेत रहेका छन्। उनीहरुलाई प्रहरीले सडकमा नै केही घण्टा राखेर घर फर्काउने गरेको छ।

सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेपछि प्रत्येक दिन २५ सय जनाभन्दा बढी मानिस कारबाहीमा पर्ने गरेका छन्। उनीहरु विभिन्न बहाना बनाएर निस्किने गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै लकडाउनको समयमा जारी भएको सवारी पास नलिइ दौडिने सवारी समेत प्रहरीले नियन्त्रणमा लिने गरेको छ। आज बिहान ८ बजेसम्म ६८ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।