बजेटमा स्वास्थ्यलाई उच्च प्राथमिकता, कोरोनासँग लड्न छुट्याइयो ६ अर्ब, स्वास्थ्यकर्मीको बीमा

बिजमाण्डू
२०७७ जेठ १५ गते १६:३८ | May 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। आगामी बजेटमा स्वास्थ्यलाई उच्च प्राथमिकता दिइएको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। 

अर्थमन्त्री डा. खतिवडाले हाल कोरोना महामारीसँग लड्नका लागि विशेष कार्यक्रम बजेटमा समावेश भएको बताए ।

उनले उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउने र औषधी उपचारको ब्यवस्था गर्न क्वारेन्टाइनको ब्यवस्था तथा देशभर नै भरपर्दो उपचार सेवा दिन आवश्यक ब्यवस्था गर्न ६ अर्ब बजेट छुट्याइएको जानकारी दिए।

यसैगरी फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको समेत ब्यवस्था भएको छ।

कोरोनालगायत अन्य संक्रमणका विरुद्ध काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमासमेत ब्यवस्था गरिएको छ।