कोरोना संक्रमण नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामाग्रीको गुणस्तर मापदण्ड तोकियो

बिजमाण्डू
२०७७ जेठ २६ गते २०:१९ | Jun 8, 2020
कोरोना संक्रमण नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामाग्रीको गुणस्तर मापदण्ड तोकियो

Tata
GBIME
Nepal Life

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ वटा वस्तुको नेपाल गुणस्तर मापदण्ड तयार पारेको छ। नेपाल गुणस्तर परिषदको १ सय ४ औं बैठकले स्वास्थ्य सामाग्रीको गुणस्तर कायम गरेको हो।

बैठकले पीपीई, गल्भ्स, सर्जिकल ड्रयाप्स एण्ड गाउन, मेडिकल डिभाइस लगायतको गुणस्तर कायम गरेको हो। यस्तै क्लिन एयर सुइट, टेक्सटायल, प्रोटेक्टिभ गल्भ्स लगायतको गुणस्तर मापदण्ड तोकेको हो।

कोभिड १९ महामारी सन्दर्भमा नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिई विभागले गुणस्तर मापदण्ड तयार पारेको महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। कोरोना संक्रमणसँगै विभागले मापदण्डका लागि तयार थालेको थियो।

महाविर पुनको आविश्कार केन्द्रले पीपीइ बनाएर मापदण्डका लागि पठाएको थियो। स्वदेशीमै स्वास्थ्य सामाग्री उत्पादन हुने र कतिपय आफुखुशी मगाउन थालेपछि विभागले केही महिना लगाएर मापदण्ड तयार पारेको हो।