दसैं नलाग्दै तिहारमा पड्काउने पटाकाको भाउ महँगियो, भारतमा आधा कारखाना बन्द, २०% उत्पादन

बिजमाण्डू
२०७७ असोज २६ गते ११:४५ | Oct 12, 2020
दसैं नलाग्दै तिहारमा पड्काउने पटाकाको भाउ महँगियो, भारतमा आधा कारखाना बन्द, २०% उत्पादन

Tata
GBIME
Nepal Life

नयाँदिल्ली। दसैं सुरु भइसकेको छैन, तिहार आउन त अझ महिना दिन नै बाँकी छ। तर, पटाकाको धेरै उत्पादन र खपत हुने भारतीय बजारमा अहिलेबाटै भाउ महँगिन थालिसकेको छ।

पोहोर अति धेरै पटाका बिक्री गरेका ब्यापारी यसपाली हात बाँधेर बसेका देखिन्छन्। दिल्लीको थोक बजारमा बसेका अमित जैनको कुरा पत्याउने हो भने, यसपाली जम्मा २० प्रतिशत मात्र 'ग्रीन पटाका' को उत्पादन भएको छ। त्यसमाथि तिहार (दिपावली) सुरु नहुँदै मूल्य २० प्रतिशत उक्लिसकेको छ। तिहार नजिकिँदा मूल्य अझ बढ्ने देखिन्छ।

नेपालमा औपचारिक माध्यमबाट पटाका खरिद गर्न पाइँदैन। चोरी गरेर ल्याइएका पटाकाले नै नेपालको माग पूरा गर्छ। भारतमै महँगो भएकाले यसपाली तिहारमा नेपालीले पटाका पड्काउने लगभग पाउने छैनन्।

अहिले भारतीय बजारमा पटाका ल्याउने आधाभन्दा बढी कारखाना बन्द छन्। परम्परागत पटाका उत्पादन गर्न भारतको सर्वोच्च अदालतले रोक लगाएको छ। यस्तो पटाका बजारमा आइहाले पनि लुकाइछिपाइ बिक्री हुने हुन्।

औपचारिक रूपमा बिक्री हुने 'ग्रीन पटाका' को पनि उत्पादन घटेकाले मूल्य उक्लिन थालेको हो। ग्रीन पटाका तीन प्रकारको हुन्छ। एउटा, बाल्दाखेरी त्यसले त्यहाँ पानी उत्पादन गर्छ। जसले गर्दा सल्फर र नाइट्रोजनजस्ता हानिकारक ग्यास त्यहीँ मिसिन्छन्। 

अर्को खालको पटाकाले सल्फर र नाइट्रोजन नै कम उत्पादन गर्छ। यसमा आल्मुनियमको प्रयोग एकदमै कम गरिन्छ। अर्को हो, यसले कम धुवाँ निकाल्छ र सुगन्ध पनि फैलाउँछ।