च्याङ्ग्राको भाउ वेपत्ता महँगो, भक्तपुरको सल्लाघारीमा बिक्री, खाद्यले नल्याएपछि महँगियो भाउ

बिजमाण्डू
२०७७ कात्तिक ३ गते १०:०७ | Oct 19, 2020

काठमाडौं। भक्तपुर सल्लाघारीमा अहिले बिहानैदेखि मानिसको चहलपहल देखिन्छ। कारण एउटै हो- च्याङग्रा तथा खसीबोका किन्न। तर पहिलेका दसैंमा झैं मानिस मानिसको भिड छैन। कोभिड-१९ संक्रमणका कारण मानिसहरु कमै किन्न पुगेका छन्।

Tata
GBIME
Nepal Life

बिक्रीमा सबैभन्दा धेरै च्याङ्ग्रा नै देखिन्छ। हिमाली जिल्लाहरुबाट च्याङग्रा बिक्रीका लागि ल्याएइको छ। त्यस्तै पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र झापा लगायतका जिल्लाबाट ल्याएका खसी-बोका बिक्रीमा राखिएको छ। चीनबाट नभित्रिँदा स्वदेशी महंगो पर्ने भन्दै यसपटकको दसैंमा सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा च्याङ्ग्रा ल्याएन। सरकारले नबेच्ने भएपछि काठमाडौं उपत्यकाका बासिन्दाका च्याङग्रा किन्न सल्लाघारी पुगिरहेका छन्। 

यहाँ अहिले खसी तथा बोका जिउँदो ६ सयदेखि ७ सय रुपैयाँ र च्याङ्ग्रा एक हजार रुपैयाँ प्रतिकेजीका दरले बिक्री भइरहेको छ। खसी-बोका तथा च्याङ्ग्रा किन्न पुगेका ग्राहकहरुले फोटो समेत खिचाइरहेको दृष्य देख्न सकिन्छ।