चिठ्ठा पर्‍यो वा गिफ्ट पठाइदिन्छु भन्दै सामाजिक सञ्जालमा म्यासेज आए होसियार, ठगिन सक्नु हुन्छ!

बिजमाण्डू
२०७७ मंसिर ४ गते ०९:२५ | Nov 19, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। विभिन्न सामाजिक सञ्जालमार्फत गिफ्ट पठाइदिने तथा ठूलो रकम चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने समूह अझै पनि सक्रिय भएको प्रहरीले जानकारी दिएको छ।

यस्ता गिरोहले विदेशमा तथा देशमा बसेर ठगी गर्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।

यस्ता समूहले विभिन्न मानिसलाई फेसबुकमा विदेशी नाम गरेको व्यक्तिको आइडी खोली वा भाइवर, ह्वाट्सएप मार्फत ठगी गर्ने गरेको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए।

गिफ्ट र चिठ्ठाको प्रलोभनमा पारेर नेपालमा रहेको विभिन्न बैंकको खाता नम्बर दिइ सुरुमा केही रकम हाल्न लगाएर ठगी गर्ने गरेको भेटिएको छ।

यहि शैलीमा धेरै पहिला देखि नै ठगी गर्ने गिरोह सक्रिय रहेका छन्। त्यसैले प्रहरीले चिन्दै नचिनेका मानिससँग सामाजिक सञ्जालबाट चाँडै नजिकिन र आफ्ना गोप्य कुराहरु शेयर नगर्न समेत अनुरोध गरेको छ।

कसैले यसरी गिफ्ट पठाउने भन्दै पैसा मागे प्रहरीलाई खबर गर्न समेत अनुरोध गरेको छ।