अमेरिकाका राजदूत युवराज खतिवडाले भने- ‘बहुपक्षीय लगानी जुटाउने मुख्य प्राथमिकता’

बिजमाण्डू
२०७७ पुष १२ गते २०:३५ | Dec 27, 2020
अमेरिकाका राजदूत युवराज खतिवडाले भने- ‘बहुपक्षीय लगानी जुटाउने मुख्य प्राथमिकता’

Tata
GBIME
Nepal Life

काठमाडौं। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कुटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघसँगको छलफलमा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्‍भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताए। अमेरिकाले केही वस्तुहरुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने उनले बताए।

उनका अनुसार विश्व बैँक तथाअन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको छ। परिसंघका अध्यक्ष सतीशकुमार मोरले परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको बताए। अमेरिकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियतका लागि थप प्रयास गर्न उनले आग्रह गरे।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने, तयारी पोसाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्न आग्रह गरे। परिसंघका उपाध्यक्ष अनुज अग्रवालले वातावरण संरक्षणमा अमेरिकी लगानी बढ्ने देखिएकाले त्यसलाई नेपालले पनि  प्राप्त गर्न अहिले देखि प्रयास गर्नुपर्ने बताए।

परिसंघका उपाध्यक्षहरु सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेले पनि आर्थिक कूटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा खतिवडाको सक्रियता बढ्ने विश्वास व्यक्त गरे।