एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने, प्रतिकारोबार २० रुपैया तोकियो 

बिजमाण्डू
२०७७ पुष २३ गते १७:४० | Jan 7, 2021
एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने, प्रतिकारोबार २० रुपैया तोकियो 

Tata
GBIME
Nepal Life

काठमाडौं। अब अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्यूनतम शुल्क लिन पाइने व्यवस्था गरेको छ।

अन्तर-बैंक एटीएम प्रयोग गर्दा प्रत्येक महिनाको सुरुमा दुई वटा नि:शुल्क कारोबार भए पनि  त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लिन सक्नेछन्। दुई भन्दा बढी कारोबार बाहकको हकमा बैक तथा वित्तीय संस्थाहरुले पूर्व अनुमति लिएर वा सेवा शुल्क बारे पू्र्व जानकारी गराएर इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, एसएमएस बैकिङ जस्ता विद्युतीय बैकिङ सेवा वापतको शुल्क लिन सक्नेछन्।

कोरोना सुरु भएपछि अन्तर-बैकिङ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो। बैंकहरुले एटीएम संचालन खर्च उठाउन नसकेको भन्दै राष्ट्र बैकसँग अनुरोध गरेपछि न्यूनतम शुल्क लिन पाइने व्यवस्था गरिएको हो।

बैक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको प्रबन्ध मिलाइ  ग्राहकका लागि मोबाइल, इन्टरनेट, एसएमएस बैकिङ सर्भिसको आफ्नो युजर नेम तथा पासवर्ड हराएमा बिर्सिएमा आफैं प्राप्त गर्न (रीट्राइभ) गरि सेवा पुनः सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ।