बजार घट्न थालेपछि कारोबार रकममा बन्यो नयाँ रेकर्ड, एकै दिन करिब १० अर्बको सेयर किनबेच

बिजमाण्डू
२०७७ माघ १५ गते १५:१९ | Jan 28, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। साताभरी उतारचढाव भइरहेको सेयर बजारमा अन्तिम दिन दोहोरो अंकको गिरावट आएको छ।

बजार घट्ने संकेत देखिएपछि नाफा बुक गर्नेहरु हाबी भएसँगै कारोबार रकममा भने नयाँ रेकर्ड बनेको छ। 

बिहीबार हालसम्मकै उच्च ९ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि सर्वाधिक कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।

सूचक भने १६ अंकले घटेर  २४२५ बिन्दुमा रोकिएको छ। निर्जिवन बीमा समुहको सूचक ४१० अंकले बढ्दा उत्पादन समुह १६७ र लघुवित्त समुह ८७ अंकले बढेको छ। अन्य सबै उपसमुहको सूचक घटेको छ।

घट्ने क्रममा विकास बैंकको सूचक सर्वाधिक ४३ अंकले घट्दा, जीवन बीमा समुह ४२ र वाणिज्य बैंक समुह ४१ अंकले घटेका छन्। होटल समुह २५ र हाइड्रोपावर २२ अंकले घटेको छ। 

नेपाल लाइफको सर्वाधिक कारोबार हुने क्रममा ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरी र पुनर्बिमा कम्पनीको ३२/३२ करोड रुपैयाँको किनबेच भएको छ।

एनआइसी एसियाको २८ करोड र शिखर इन्स्योरेन्सको २७ करोड रुपैयाँको किनबेच भएको छ।

सुर्योदय लघुवित्त, सगरमाथा इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, प्रभु लाइफ, आरम्भ चौतारी लघुवित्त र सारथी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, मिथिला लघुवित्त र गुराँश लघुवित्तको सेयर मूल्य ५/६ प्रतिशतले घटेको छ।

२०९ कम्पनीका दुई करोड २१ लाख कित्ता सेयर ९ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन्। कारोबार संख्या पनि ८२ हजार नाघेको छ।
७१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।