सेयर बजारमा बल्ल सुरु भयो करेक्सन, सूचक घटेसँगै कारोबार रकम पनि घट्न थाल्यो

बिजमाण्डू
२०७७ माघ २७ गते १६:१० | Feb 9, 2021
सेयर बजारमा बल्ल सुरु भयो करेक्सन, सूचक घटेसँगै कारोबार रकम पनि घट्न थाल्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। मंगलबार सेयर बजारमा दोहोरो अंकको करेक्सन देखिएको छ। लगातार उकालो लागेको बजारले मंगलबार पनि सुरुआती समयमा २५८५ अंकसम्मको उचाई छोएर घट्न सुरु भएको थियो।

घट्नेक्रममा अधिकतम २५२४ अंकसम्म ओर्लिए पनि नियमित कारोबार समयको अन्त्यतिर केही सुधार हुँदा २५३४ अंकमा रोकिएको छ। बजार २७ अंकले घटेसँगै कारोबार रकम समेत ८ अर्ब रुपैयाँमा खुम्चिएको छ।

विकास बैंक र फाइनान्स बाहेक सबै उपसूचक रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समुह २७४ अंक, निर्जिवन बीमा समुह २३७ अंक र लघुवित्त समुहको सूचक १२८ अंकले घटेको छ।

उत्पादन समुह ९८ अं‌क, व्यापार समुह ४९ अंक, हाइड्रोपावर २९ अंक र होटल तथा अन्य समुह ३२ अंकले घटेको छ।

सबैभन्दा धेरै बढ्ने कम्पनीमा भने गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र समृद्धि फाइानान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

सपोर्ट माइक्रो फाइनान्स र निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ५/५ प्रतिशतले घटेको छ।

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा ग्रामिण विकास लघुवित्तले सबैलाई उछिनेको छ। ग्रामिण विकासको मात्रै ३४ करोड रुपैयाँको किनबेच भएको छ। प्रभु बैंकको ३० करोड र ग्लोबल आइएमई बैंकको २९ करोड रुपैयाँको किनबेच भएको छ। डिप्रोक्स लघुवित्तको २५ करोड एनआइसी एसियाको २२ करोड रुपैयाँको किनबेच भएको छ।

मंगलबार १९४ कम्पनीका एक करोड ६० लाख कित्ता सेयर ८ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन्। ७ कम्पनीको मूल्य स्थिर रहँदा ३२ वटा कम्पनीको मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।