म्यादी बन्न पुसअपदेखि रनिङसम्म: भृकुटीमण्डपमा यसरी चल्दैछ प्रशिक्षण, तस्वीर समाचार

प्रवीण रानाभाट/बिजमाण्डू
२०७९ कात्तिक १ गते १३:१५ | Oct 18, 2022

काठमाडौं। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको तालिम जारी छ। देशभर बिहानै म्यादी प्रहरीको तालिम हुन्छ।

Vigo
GBIME
Tata

काठमाडौंका १४ वटा वृतमा तालिम भइरहेको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पनि ११७ जना म्यादी प्रहरीको तालिम चलिरहेको छ।

असोज ३१ देखि सुरु भएको तालिम कात्तिक ८ गतेसम्म हुनेछ। निर्वाचनका लागि देशभरबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको छ।

सातवटै प्रदेशबाट म्यादी प्रहरीको लागि २ लाख ३३ हजार १०९ जनाको आवेदन परेको थियो। जसमा ६० हजार ५८७ जना महिला थिए।