तिहार र छठमा प्लाष्टिकको फूलमाला खरिद/बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने 

बिजमाण्डू
२०७९ कात्तिक ३ गते ०९:२१ | Oct 20, 2022
तिहार र छठमा प्लाष्टिकको फूलमाला खरिद/बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने 


काठमाडौं।  प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण वा भण्डारण गरे १  लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै आयात, बिक्री वितरणमा रोक लगाएको हो।

Vigo
GBIME
Tata

सरकारले गत साउनमा राजपत्र प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको छ। 
तर तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्रीका लागि राखेको देखिएको छ।

सोही कारण वातावरण विभागले सार्वजनिक सूचना निकालेर तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेको छ।

बिक्री र प्रयोग गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को  खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सूचनामा उल्लेख छ।