नेप्सेमा फेरी पनि रातो बत्ती, नविल बैंकको भने सेयर मूल्य बढ्यो, युनिलिभर पनि चम्कियो

बिजमाण्डू
२०६९ माघ ११ गते ००:०० | Jan 24, 2013
नेप्सेमा फेरी पनि रातो बत्ती, नविल बैंकको भने सेयर मूल्य बढ्यो, युनिलिभर पनि चम्कियो


काठमाडौं । साताको अन्तिम दिन पनि नेपाल स्टकले रातो बत्ती देखायो । सूचक तीन अंकले तल झरेर बजार बन्द भयो । बैंकिङ्ग समूहको सूचक २.९९ अंक, होटल समूहको सूचक ९.७५ अंक, विकास बैंक समूह २.४६ अंक, जलविद्युत १०.६४ अंक, इन्सुरेन्स २.३३ अंक र अन्य समूह ४.६९ अंकले तल झर्यो । युनिलिभर नेपालको सेयर मूल्य दुई प्रतिशत बढेपछि उत्पादन समूहको सूचका १०.१७ अंकले माथि चढ्यो ।
अरुण भ्याली र बुटवल पावरको सेयर १० रुपैयाँले घटेपछि क्रमस ३११ र ७८० मा कारोवार भयो । छिमेक लघुवित्त विकास बैंकको सेयर १४ रुपैयाँले घटेपछि ३९३ मा कारोवार भयो । चिलिमेको सेयर १२ रुपैयाँले घटेर १०८३ मा, नविल बैंक प्रवद्र्धक सेयर २० रुपैयाँले घटेर १०१५ मा, नेपाल बैंकको २० रुपैयाँ घटेर ९५० मा नेपाल इन्भेष्टमेन्ट बैंकको १२ रुपैयाँ घटेर ७५८ मा, नेपाल लाइफ इन्सुरेन्सको २० रुपैयाँ घटेर १५३० मा र नेशनल लाइफ इन्सुरेन्सको ११ रुपैयाँ घटेर ५५४ मा कारोवार भयो ।
अधिकांश बैंकको सेयर मूल्य घटेपनि नबिल बैंकको सेयर मूल्य भने १८ रुपैयाँले माथि चढ्यो । बैंकमा विनोद चौधरीको ५३ प्रतिशत सेयर रहेको प्रसङ्ग उनी आफैले स्वीकार गरेपछि बैंकको सेयर मूल्य बढेको अनुमान गरिएको छ । युनिलिभरको सेयर मूल्य १९६ रुपैयाँ बढेपछि प्रतिकित्ता ९९९६ रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME
Nepal Life