नबिल बैंकलाई इक्रा नेपालको AA- रेटिङ, उच्च क्रेडिट गुणस्तर, आम्दानीबाटै थप मजबुत हुने आधार

बिजमाण्डू
२०७३ बैशाख २४ गते ००:०० | May 6, 2016
काठमाडौं । नबिल बैंकलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले डबल ए माइनस (AA-) रेटिङ दिएको छ ।

Tata
GBIME
Nepal Life

उच्च क्रेडिट गुणस्तर भएका संस्थाले यो रेटिङ पाउँछन् ।

बैंकको ब्यवस्थापन, बजारको हिस्सा, स्वस्थ मुनाफा अवस्था, असल ब्राण्ड मुल्याङ्कन, प्रयाप्त पुँजी, सक्षमता, कर्जा तथा निक्षेपको असल समिश्रण, शाख, समग्र आकार तथा गुणस्तर राम्रो रहेकोले यो रेटिङ प्राप्त भएको इक्राले जनाएको छ ।

बैंकको पुँजी, बासल(३ अनुसार समेत पर्याप्त रहेको तथा नयाँ पुँजी योजना अनुसार समेत बैंकको आफ्नै आम्दानीबाट थप मजबुद हुने अवस्था रहेको समेत इक्राले जनाएको छ ।