आइएमई जनरल इन्स्योरेन्सको १०:८ हकप्रद दिने तयारी, धितोपत्र बोर्डमा दियो आवेदन

बिजमाण्डू
२०७५ असार ६ गते १३:३१ | Jun 20, 2018

काठमाडौं।आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर  निष्कासन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले हकप्रद शेयर निष्कासनकालागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले साविक १० शेयरधनीलाई आठ शेयरका दरले हकप्रद निष्कासन गर्ने भएको छ।

कम्पनीले ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ।

हकप्रद शेयर निष्कासनकालागि कम्पनीले ग्लोवल आइएमइ क्यापिटललाइ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पूँजी ५४ करोड पुगेको छ ।

हकप्रदपछि कम्पनीको ९७ करोड २० लाख रुपैयाँ पूँजी पुग्नेछ । तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड रुपैयाँ नाफा गरेको  जनाएको छ ।