भारतकै धनी मुकेश अम्बानीको तलब दश वर्षदेखि समान, तलबभन्दा १२० गुना बढी छ लाभांश

बिजमाण्डू
२०७५ जेठ २७ गते ११:२८ | Jun 10, 2018
भारतकै धनी मुकेश अम्बानीको तलब दश वर्षदेखि समान, तलबभन्दा १२० गुना बढी छ लाभांश



कल्पना गरौं त, कुनै कर्मचारीको तलब लगातार १० वर्षसम्म तलब नबढ्दा कस्तो अवस्था हुन्छ। १० वर्षसम्म एउटै तलबमा जीवन यापन गर्न सकिएला? सोच्न पनि सकिन्न। तर मुकेश अम्बानी सामान्य मानिस होइनन्। त्यसैले उनको तलब बिगत एक दशकदेखि एकनास छ।

Tata
GBIME
Nepal Life

अझ दश वर्षअघि उनले आफूले लिँदै आएको तलब घटाएका समेत थिए। र हालसम्म एकैनास तलब लिएर काम गरिरहेका छन्। भारतका सबैभन्दा धनाढ्य रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा एमडी मुकेश अम्बानी १० वर्षसम्म तलब नबढ्दा पनि खुशी छन्।

मुकेश अम्बानीले सन् २००८/२००९ देखि आफ्नो तलब,भत्ता सुविधा तथा कमिशन पनि बढाएका छैनन्। उनी बार्षिक १५ करोड भारु तलब खान्छन्। दश वर्षअघि उनले खाँदै आएको बार्षिक २४ करोड भारु तलब घटाएर १५ करोडमा झारेका थिए।  

रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको प्रतिबेदनमा कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर मुकेश अम्बानीको कुल तलब १५ करोड भारतीय रुपैयाँ  उल्लेख गरिएको छ।

तर उनले आफ्नो कम्पनीबाट तलबका रुपमा जति पैसा लिन्छन् त्यो त उनको कुल कमाइको एकदम सानो अंश मात्र हो। ब्लुम बर्गको प्रतिवेदन अनुसार १० वर्षमा उनले तलब बापत कुल १५० करोड बुझे जुन उनले कम्पनीबाट पाउने मुनाफाको एक प्रतिशत भन्दा पनि कम रकम हो।

कम्पनीका सबैभन्दा ठूला शेयरधनी अम्बानीले १० वर्षमा लाभाशंका रुपमा १४,५५३ करोड कमाए।  सन् २००८ देखि रिलायन्सले जम्मा ३१,६१६ करोडको लाभाशं बितरण गर्यो जसमा १४,५५३ करोड भारु रकम अम्बानी परिवारमा पुगेको छ।

सन् २००९ मा उनले आफ्नो बार्षिक तलब १५ करोड रुपैयाँ तय गरे र दश वर्षसम्म यसमा कतिपनि बृद्धि गरेनन् तर उनले कम्पनीका अन्य एक्जेक्युटिभ डाइरेक्टरहरुको तलब भने बढाएका छन्।  

अरुको तलब बढाएर आफ्नो नबढाउनुलाई मुकेशले उदाहरणिय बन्न गरेको कोशिशको रुपमा कम्पनीले लिएको जनाएको छ। मुकेश अम्बानीको ‘डिभिडेन्ट इनकम’ नै उनको तलबको १२० गुनाले बढी छ। कम्पनीको प्रतिबदेनमा भनिएको छ कि मुकेश अम्बानी तथा उनको परिवारको सुरक्षा प्रबन्ध मिलाउनकालागि जति खर्च हुन्छ त्यो भने उनको तलबको प्याकेजभित्र राखिएको छैन।  

अम्बानीकी पत्नी निता अम्बानीले पनि कम्पनीको  नन-एक्जेक्युटिभ डाइरेक्टरको हैसियतमा कमिसन बापत करोडमा पैसा बुझ्छिन्। गतबर्ष  निता अम्बानीलाई १ करोड ३० लाख भत्ता तय भएकोमा यो बर्ष बढाएर डेढ करोड बनाइएको कम्पनीले जनाएको छ। उनले कम्पनीको बोर्डमा छिन् त्यसमा पनि उनले सिटिङ फि बापत ६ लाख बुझ्छिन्।

अम्बानीका अतिरिक्त रिलायन्स इन्डस्ट्रिज लिमिटेडको बोर्डमा पारिवारिक नातेदार निखिल मेसवानी र हितल मेसवानकीका साथै  एक्जेक्युटिभ डाइरेक्टर पिएमएस प्रसाद र रिफाइनरी चिफ पवन कुमार कपिल होलटाइम डाइरेक्टरका रुपमा छन्।  निता अम्बानी बाहेक नन-एक्जेक्युटिभ डाइरेक्टरका रुपमा अन्य ९ जना सदस्य पनि कम्पनीमा छन्।