सिद्धार्थ इन्स्योरेन्सको दुई बैंकसँग बैंकास्योरेन्स सम्झौता, कुमारी र सांग्रिलाका ग्राहकलाई ?

बिजमाण्डू
२०७५ जेठ १० गते १६:३९ | May 24, 2018

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्सले कुमारी बैंक र सांग्रिला विकास बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।
सांग्रिला विकास बैंकसँग भएको  सम्झौतापत्रमा सांग्रिला बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल तथा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरे।

Tata
GBIME
Nepal Life

यसैगरी कुमारी बैंकसँग भएको सम्झौतापत्रमा  बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना तथा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ।

सम्झौतापछि दुबै बैंकका ग्राहकहरुलाई सिद्धार्थ इन्स्योरेन्सको निर्जीवन बीमा सेवा लिन सहज हुने बताइएको छ।