अपर त्रिशुली-२ चीनियाँ कम्पनीले बनाउने, वैदेशिक लगानीका लागि माग्यो स्वीकृति, ३५ अर्ब स्थिर पुँ??



बिजमाण्डू
२०७३ जेठ १९ गते ००:०० | Jun 1, 2016

काठमाडौं । अपर त्रिशुली २ जलविद्युत आयोजना सञ्चालन गर्न चीनको हाइड्रो चाइना कर्पोरेसनले लगानीका लागि ‍औद्योगिक प्रवर्धन बोर्डसँग स्वीकृति माग गरेको छ ।
 
सत प्रतिशत चिनियाँ लगानीमा निर्माण हुन लागेको आयोजनाका लागि स्वीकृति दिने/नदिने बारे बोर्डको बैठकले टुङ्गो गर्न सकेन। दुई दिनअघि भएको बैठकमा छलफल भए पनि निर्णय हुन सकेन।
 
कम्पनीले १०२ मेगावाटको आयोजना निर्माण गर्न लागेको हो। यसका लागि यसले कम्पनीको स्थिर पुँजी ३५ अर्ब ४३ करोड, चालु पुँजी सात करोड र कुल पुँजी ३५ अर्ब ५० करोड हुने गरी बोर्डसमक्ष आवेदन दिएको थियो।
 
बोर्डको बैठकमा बिषयले प्रवेश पाए पनि निर्णय हुन नसकेको स्रोतले जानकारी दियो। कम्पनीले रसुवास्थित गुल्जुङ र गेल्टाङ गाविसमा अवस्थित त्रिशुली नदिमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ।
 
विदेशी कम्पनीले नेपालमा लगानी गर्न चाहँदा बोर्डबाट स्वीकृति लिनु पर्छ। उद्योग विभागले स्थिर पुँजी दुई अर्ब सम्मका लगानी हुने उद्योगमा विदेशी लगानी भित्र्याउन स्वीकृत दिने सक्ने व्यवस्था छ। यसभन्दा वढि स्थिर पुँजी लगानी हुने उद्योगमा भने वोर्डले स्वीकृति दिनु पर्छ।
 
त्रिशुली २ जलविद्युत आयोजना सञ्चालन गरी जलविद्युत उत्पादन गर्ने उद्देश्य रहेको उद्योग स्थापनाका लागि विदेशी लगानी गर्न स्वीकृत माग गरेको ।
 
'अर्को बैठकले पुँजी बढाउने स्वीकृति दिने छ,' बैठकमा सहभागी एक जनाले भने, 'अरु पनि बिषयमा छलफल भएकाले चीनको कम्पनीलाई लगानी भित्र्याउन दिने बारे निर्णय हुन नसकेको हो ।'

Tata
GBIME
Nepal Life