एक क्लिकमा बैंकको निक्षेप र ऋणको विवरण, ब्याज तुलना गरेर प्रकृया अगाडि बढाउने नयाँ सेवा

बिजमाण्डू
२०७५ असार ८ गते ०९:२७ | Jun 22, 2018
एक क्लिकमा बैंकको निक्षेप र ऋणको विवरण, ब्याज तुलना गरेर प्रकृया अगाडि बढाउने नयाँ सेवा



 
काठमाडौं। नेपालमा २८ वटा बाणिज्य बैंक, ३६ वटा विकास बैंक र २५ वटा फाइनान्स कम्पनी छन्। सम्पुर्ण बैंकको आ-आफ्नै ब्याज दरका ट्यारिफ छन्। कुन बैंकको व्याजदर कति छ भन्ने थाहा पाउनको लागि हरेक बैंकको  छुट्टाछुट्टै वेवसाइट, विज्ञापन या फोन गरेर मात्रै थाहा पाउन सकिन्छ। 
 
सम्पर्ण बैंकको व्याजदर तथा सेवा हेरेर एक अर्कामा तुलना गर्न जो कोहिको लागि सहज नहुन सक्छ। बैंकहरुले दिने सेवा थाहा नहुँदा सेवाग्राही अलमलिनु पर्ने तथा लामो समय प्रोसेस गरेर फर्किनु पर्ने अवस्था पनि आउन सक्छ। यसले सेवाग्राहीको समय तथा पैसा दुबै सकिन्छ। पुनः अर्को बैंकमा प्रकृया थाल्नु पर्ने झण्झट त छँदैछ। 
 
आफ्नो बैंकिङ करियरमा यस्तै समस्या झेलेका क्लाइन्टको समस्यालार्इ नजिकबाट नियालेकी महिला उद्यमी अर्चना कुँवर क्षत्रीले यसको समाधानको लागि एक वर्षसम्म अध्ययन गरिन्। 
 
सानिमा बैंकको क्रेडिट डिपार्टमेन्टमा काम गर्दा क्लाइटले ऋण संझौता गर्दा बेहोर्नु परेको झण्झट, आफुले लिएको ऋणको किस्ता, व्याज तथा साँवा तिर्दा बैंकप्रति पोखेको आक्रोसलार्इ नजिकबाट हेरेकी उनको मनमा केही प्रश्न खेलिरह्यो। 
 
उनीहरुले ऋण लिनुभन्दा अगाडि नै साँवा व्याज तथा किस्ता कहिले र कति रुपैयाँ तिर्नु पर्ने जानकारी लिन सक्दैनन्? त्यस्तै अन्य बैंकहरुसँग तुलना गरेर महँगोमा परियो या सस्तोमा परियो भनेर तुलना गर्न सक्दैनन्? यस्तै प्रश्नको उत्तर खोज्न उनले एक वर्ष लगाइन्। 
 
सर्वसाधारणले बैंकबाट होम लोन, एजुकेसन, विजनेस, घरजग्गा लगायतका ऋण लिनु पर्यो भने बैंकहरुमा फोन गरेर सोध्नु पर्छ। सबै बैंकमा फोन गरेर सम्भव पनि छैन त्यसैले उनले सम्पुर्ण बैंकको सेवाहरु एउटै माध्यमबाट हेर्न मिल्ने अनलाइन प्रणालीको विकास गरिन्। 
 
जसको नाम जुराइन् ‘लोन प्लस डिपोजिट डट कम’। यस अनलाइनबाट सम्पुर्ण बैंकले प्रदान गर्ने ऋण तथा निक्षेपको सेवा समावेश गरिएको छ। कसैलार्इ घर कर्जा चाहियो भने एकै पटक २८ वटै बाणिज्य बैंकले प्रदान गर्ने सेवा हेर्न सकिन्छ। यसबाट सर्वसाधारणले एकै क्लिकमा सम्पुर्ण बैंकहरुबीत तुलना गर्न पाउँछन्। यसको लागि लोन प्लस डिपोजिट डट कम साइट क्लिक गर्नु पर्छ।


 
लोन प्लस डिपोजिट डट कम
लोन एण्ड डिपोजिट डट कम क्लिक गरेपछि कम्पेयर लोन रेट र कम्पेयर डिपोजिट रेट सहित दुर्इ वटा अप्सन देख्न सकिन्छ। यि दुर्इमध्ये आफुलाइ के आवश्यक परेको हो, त्यसमा क्लिक गर्न सकिन्छ। 
 
ऋणमा क्लिक गरियो भने सम्पुर्ण बाणिज्य बैंकहरुले प्रदान गर्ने ऋणहरुको स्किमहरु देख्न सकिन्छ। यसमध्ये आफुलार्इ कुन ऋण चाहिएको हो त्यसमा क्लिक गर्नु पर्नेछ। यसमा क्लिक गरेसँगै ऋणका विभिन्न स्किमहरु देख्न सकिन्छ। जसमा आफुलार्इ चाहिएको स्किम क्लिक गरेपछि सामान्य व्यक्तिगत विवरण भर्नु पर्ने छ। 
 
नाम, इमेल, फोन नम्वर  भरेपछि अर्को आफ्नो आम्दानी, आवश्यक परेको ऋण लगायतका विवरण भर्नु पर्नेछ। उक्त विवरण आफुले चाहेको ऋण कुन कुन बैंकमा उपलव्ध छ? कति व्याजदर रहेको छ तथा कति वर्षमा ऋण तिर्दा कति रुपैयाँ व्याज, किस्ता र साँवा तिर्नु पर्छ भन्ने प्रस्ट देखिन्छ। यसैबाट आवेदन पनि दिन सकिन्छ। यस्तो आवेदनले बैंक र क्लाइटबीच पुलको काम गर्ने उनी बताउँछिन्। 
 
बाँकी प्रकृया बैंक र क्लाइन्टले बैंकमा गएर गर्नु पर्छ। उनी भन्छिन्, यसले गर्दा क्लाइन्टले मैले धेरै व्याज तिर्नु पर्ने हो कि भनेर डराउनु पर्दैन। 
 
त्यस्तै निक्षेप गर्नु परेको छ भने कम्पेयर डिपोजिट रेटको स्किम देख्न सकिन्छ। यसको पनि कम्पेयर लोन रेटको जस्तै प्रकृया पुरा गर्नु पर्ने छ। 
 
यसमा बैंकहरुले प्रदान गरेका सम्पुर्ण प्रोडक्टलार्इ स्क्रिनमा देख्न सकिन्छ। जस्तो साधारण वचत, मुद्दती निक्षेप, फिक्सड, बाल वचत, नारी बचत। केमा वचत गर्न खोजेको हो त्यसमा क्लिक गर्नु पर्नेछ। यससँगै बैंकले प्रदान गर्ने व्याजदर तथा सेवाहरु एकै पटक देख्न सकिन्छ। जुनमा उपयुक्त छ त्यसैमा बचत गर्न सकिन्छ। अथवा कुनमा बचत गर्न मन लाग्यो त्यसमा आवेदन दिन सकिन्छ।
 
यसमा आफुले कति रुपैयाँ राख्न खोजेको हो त्यो रकम इन्ट्रि गरेर कुन बैंकबाट कति रुपैयाँ व्याज पाइन्छ, कति प्रतिशत व्याज पाइन्छ, कति कति महिनामा व्याज भुक्तानी पाइन्छ भनेर जानकारी पाइन्छ। यस जानकारीसँगै आफुले चाहेको बैंकमा निक्षेपको लागि प्रकृया अगाडि बढाउन सकिन्छ। यसको लागि व्यक्तिगत विवरण भर्नु पर्नेछ। यसरी भरेको विवरण बैंकले प्राप्त गर्दछ र बैंक आफैले आवस्यक प्रकृया अगाडि बढाउन सक्नेछ। 
 
यसरी वेवसाइटमा भिजिट गर्दा या सम्पुर्ण जानकारी लिँदा पैसा तिर्नु पर्दैन। साइट भिजिट गरेर सेवा लिए वापत कुनै पनि सेवा शुल्क पनि तिर्नु पर्दैन। बैंकिङ सेवा लिँदा क्लाइन्टले पाएको दुखलार्इ मध्यनजर गर्दै यस्तो साइट विकास गरेकी अर्चनाले नारा नै बनाइन्  'डिजिटल्ली डिस्ट्रपिङ नेप्लिज बैंकिङ सर्भिस'। आक्स मी कम्पनीले यो सेवा सुरु गरेको हो। 
 
अर्चना भन्छिन्, 'हामी बैंकको सेवा रोक्न होइन बैंकलार्इ नै सपोर्ट हुने गरि हरेक क्लाइन्टले आफुले लिने सेवाको वारेमा पहिलेनै जानकारी पाएर अझ सम्पुर्ण बैंकहरुको सेवालार्इ तुलना गरेर सेवा लिन पाओस् भन्ने उद्देश्यले प्रणालीको विकास गरेकी हुँ।' यसले नेपालको बैंकिङ सेवा डिजिटलाइज बनाउने छ र बैंकिङ सर्भिसमै परिवर्तन ल्याउने उनी बताउँछिन्। 


 
कसरी हुन्छ आम्दानी
क्लाइन्टले बैंकहरुको बारेमा बुझ्दा पैसा तिर्नु पर्दैन। यसले गर्दा सर्वसाधारणबाट आम्दानी हुँदैन। तर बैंकहरुले आफ्नो सेवा तथा व्याजदरको वारेमा साइटमा राख्नु भन्दा अगाडि संझौता गर्नु पर्नेछ। सम्पुर्ण बैंकहरुले आफ्नो सेवाको वारेमा विज्ञापन पनि गर्न सक्ने छन्। भिडियो सहितको विज्ञापन गर्न पाउने हुँदा यसबाट आम्दानी हुनेछ।
 
सुरुमा बैंकहरुको जानकारी सित्तैमा राख्ने र पछि विस्तारै उनीहरुसँग थप संझौता गरेर शुल्क तिर्नु पर्ने व्यवस्था गर्ने उनको योजना छ। ऋण र निक्षेपको ब्याजदर तथा अन्य जानकारी लिन कुनै पनि शुल्क तिर्नु नपरे पनि उक्त क्लाइन्टले ऋणको लागि डकुमेन्टेसन गर्नु पर्यो र यसको लागि आवश्यतक थपजानकारि तथा परामर्श लिँदा भने केहि शुल्क तिर्नु पर्छ। 
 
अर्चना आँफै पनि बैंकको ऋण विभागमा काम गरेको अनुभव शेयर गर्न चाहन्छिन्। बैंकमा गएर कागजपत्र जुटाउनको लागि अलमलमा पर्नुभन्दा पहिलेनै जानकारी लिएर गएमा सजिलो हुन्छ। 
 
क्लाइन्टले साइटमा गएर बैंकहरुको वारेमा भिजिट गर्न सक्छ। यसरी भिजट गरेको जानकारी सम्वन्धित बैंकलार्इ उपलव्ध गराइन्छ। र, बैंकले उक्त क्लाइन्टलार्इ फलोअप गर्न सक्छ। खाता खोल्न तथा ऋण तथा निक्षेप गर्न सक्छ। यसरी उपलब्ध गराइएको जानकारीबाट सम्वन्धित बैंकले केहि चार्ज तिर्नु पर्ने हुँदा पनि आम्दानी हुन्छ। 

Tata
GBIME
Nepal Life