ग्रीसले साढे तीन अर्ब डलर जर्मनीलाई फिर्ता गर्यो, ग्रीस संकटबाट वाहिरिएको हो?

रासस
२०७५ असार ७ गते २१:१३ | Jun 21, 2018

Tata
GBIME
Nepal Life

जर्मनी। जर्मनीले सन् २०१० पछि ग्रीसको आर्थिक सङ्कट टार्न सहयोग स्वरूप प्रदान गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर रकम ग्रीसबाट फिर्ता पाएको जर्मनी सरकारको एएफपीलाई बिहीबार प्राप्त प्रतिवेदनमा जनाइएको छ ।
 

“दक्षिणपन्थी समूहले ग्रीस सङ्कटबाट जर्मनीले व्यापक फाइदा लिएको भनी फैलाइएको अफवाहको विपरित हुनेगरी जर्मनीले ग्रीसबाट रकम फिर्ता पाएको छ,” ग्रीन पार्टीका सांसद सेन–क्रिश्चियन काइन्डलरले भने। “ग्रीसको संघीय सरकारले जर्मनीबाट यस पहिले लिएको अर्बौंको ब्याज सवै तत्काल बुझाउँछ भन्न त सकिँदैन तर केही भएपनि फिर्ता पाएको छ, यो निकै सकारात्मक कुरा हो, ”उनले भने।
 
जर्मनीको केन्द्रीय बैंकबाट प्राप्त वक्यौता तिरेको वित्त मन्त्रालयको कागजातमा गत वर्षको अन्त्यसम्ममा जमानत रकमको व्याजस्वरूप तीन अर्ब ५० करोड अमेरिकी डलर फिर्ता पाएको हो ।
 
फ्राङ्कफर्टका अधिकारीले भने, सुरक्षित बजार कार्यक्रमअन्तर्गत ग्रीक ऋणलाई फिर्ता गरेको हो । यो वित्तीय बजारलाई शान्त पार्न यूरोपेली केन्द्रीय बैंकले बनाएको जमानत फिर्तासम्बन्धी कार्यक्रम हो ।
 
सन् २०१२ को फेब्रुअरीमा यूरो समूह राष्ट्रहरूको बैठकमा यहाँका वित्तमन्त्रीहरू सङ्कटका समय जमानत दिन र सङ्कटग्रस्त मुलुकलाई सघाउन सहमत भएका थिए । सन् २०१३ मा जर्मनीको केन्द्रीय बैंकमार्फत ५ अर्ब २७ करोड यूरो ग्रीस पठाएको थियो ।